Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मातृभाषा संकटापन्न अवस्थामा
मातृभाषा संकटापन्न अवस्थामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ९, २०७८
bhasa
Hardik health
काठमाडौं– भाषा आयोगले मुलुकभर बोलिनेमध्ये २३ वटा भाषा संकटापन्न अवस्थामा रहेको बताइएको छ । उक्त भाषा बोल्ने व्यक्तिको कुल संख्या एक हजार जनाभन्दा कम रहेको आयोगले जनाएको हो । आयोगले नेपालका ३७ वटा भाषाको संरक्षणमा काम सुरु गरेको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले आइतबार आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ मा ३७ भाषामध्ये २३ भाषा संकटापन्न अवस्थामा पुगेको जानकारी गराइएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका अध्यक्ष डा लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम सुरु गरेको बताएका छन् । सो अवसरमा डा.बालकृष्ण बलले भाषा अनुवादको यान्त्रिक प्रक्रिया, डा.सोमबहादुर धितालले ‘धिमाल भाषा र संस्कृतिको सम्बन्ध’ एवं सुलोचना मानन्धरले ‘नेपालका विभिन्न मातृभाषामा प्रचलित लोककथा, जनजीवन तथा वातावरणबीचको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा संरक्षणमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले इन्द्रेणीमय विविधता बोकेको समाजमा सबै मातृभाषाको संरक्षण गर्न सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताएका थिए । इतिहासमा विविधततालाई नचिन्दा द्वन्द्व भएको सुनाउ“दै उनले अब त्यस्तो हुन नदिन यस्ता कार्यक्रमले योगदान गर्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधानमा व्यवस्था भएअनुसार मातृभाषामा शिक्षा दिन सबै खाले पूर्वाधार एवं जनशक्तिको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए । मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनको जोड छ । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषामा शिक्षा दिन विभिन्न विश्वविद्यालय एवं सरोकार भएका निकायस“ग समन्वय गर्नुपर्ने धारणा राखे । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा युनेस्कोका प्रतिनिधि निर्जना शर्मा, बंगलादेशी राजदूतावासका प्रतिनिधि इसरत जहा“, प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादवलगायतले मातृभाषाको संरक्षणका लागि सरोकार भएका निकायस“गको समन्वयमा निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाएका थिए । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी २१ फेब्रुअरी २००० देखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP