
काठमाडों- साताको पहिलो कारोबारका दिन सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार छ सय भएको छ ।
अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको आज एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्यमा भने प्रतितोला ९६ हजार १०० तोकिएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ९७ डलर आसपास कारोबार भइरहेको छ ।