Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा ई–पासपोर्टको आवेदन खुला
साउदीमा ई–पासपोर्टको आवेदन खुला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ८, २०७८
epassport
Hardik health
काठमाडौं– यसअघि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको नेपालले पछिल्लो महिनादेखि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) वितरण गरिरहेको छ । एमआरपीको वितरण पूर्णरूपमा बन्द गरेर ई–पासपोर्ट वितरण थालेको राहदानी विभागले देशका विभिन्न जिल्लासहित विदेशस्थित नेपाली दूतावासबाटसमेत ई–पासपोर्ट वितरण थालेको छ । हालसम्म कतार, मलेसिया र ओमानबाट ई–पासपोर्ट वितरण थालिसकेको छ । पछिल्लो समय आज(आइतबार)देखि साउदी अरबमा ई–पासपोर्टका लागि आवेदन फाराम लिने प्रक्रिया सुरू गरिने भएको छ । साउदीमा रहेको नेपाली दूतावासले ई–पासपोर्टको आवेदन लिने भएको हो । आवेदन दिन दूतावास जा“दा अनिवार्य रूपमा प्रि–इनरोलमेन्ट गर्नुपर्छ । प्रि–इनरोलमेन्ट गरेर जाने आवेदकहरूको मात्र ई–पासपोर्टका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाइने दूतावासले सूचनामार्फत् जानकारी दिएको छ । प्रारम्भिक चरणमा सीमित बुकिङ खुला गरिएको भन्दै दूतावासले अहिले पासपोर्टको अवधि सकिएका वा ६ महिनाभन्दा कम अवधि रहेकाहरूलाई मात्र आवेदन दिन अनुरोध गरेको छ । साउदी अरबबाटै ई–पासपोर्टको लागि आवेदन दिनेले राष्ट्रिय परिचयपत्र नम्बर राख्नु पर्दैन । दूतावासमा जा“दा प्रि इनरोलमेन्ट गर्दा प्राप्त भएको बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गरेर लिएर जानुपर्छ । यसका साथै दूतावासमा जा“दा आफ्नो गाउ“पालिका, नगरपालिका वा उपमहानगर र महानगरपालिका जे हो त्यसको वडा नम्बर, बुबा आमाको सम्पर्क नम्बर र विवाहितहरूको हकमा श्रीमतीको पनि सम्पर्क नम्बर दूतावासले माग्ने छ । प्रि–इनरोलमेन्ट गर्दा नै दूतावासले लाइभ इनरोलमेन्टका लागि समय दिएको हुन्छ । त्यही तोकिएको मिति र समयमा दूतावासमा जानुपर्छ । राहदानी नवीकरणका लागि दुई सय साउदी रियाल लाग्ने छ भने पहिलेको राहदानी चोरी भएको, हराएको, च्यातिएको वा कुनै कारणले काम नलाग्ने भएको भएमा चार सय साउदी रियाल लाग्ने दूतावासले जनाएको छ । नवीकरण गर्नका लागि दूतावासमै उपस्थित हुनुपर्छ । साउदीमा रियादभन्दा बाहिर कतै पनि राहदानीको आवेदन संकलन शिविर नराख्ने पनि दूतावासले जानकारी दिएको छ । कसैले बाहिर आवेदन फाराम संकलन गरिने भनेर भनेमा त्यस्ता सूचनालाई विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP