

काठमाडौं –नेपालमा आईपीओमा लगानी गर्नेहरु प्रतिदिन बढ्दै क्रममा खल्ती डिजिटल वालेटले निःशुल्क ‘मेरो शेयर’ खाता नवीकरण अफर ल्याएको छ ।
यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्छन् । अफर यो वर्षका चैत २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले शेयर खाता नवीकरणको लागि रु.५० शुल्क बुझाउनुपर्छ । यस अफर अन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्छन् । यसमा अधिकतम क्यास ब्याक १ वर्षको नवीकरण रहेको छ ।
प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि आफ्नो खाता नवीकरण गर्न सक्छन् । प्रत्येक खल्ती आईडीले यो अफर एकपटक मात्र लिन सकिन्छ ।यस सेवाको बारेमा जानकारी दिंदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने विश्वास लिएको बताए ।
खल्तीले मोबाइल, टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम र अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।