Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘सूचनाको हक सबैले पाउनुपर्छ’
‘सूचनाको हक सबैले पाउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
bhktprrudrasarma
Hardik health
भक्तपुर– भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लावासीलाई सूचनाको हक प्रदान गर्न सबै कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छन् । सार्वजनिक सरोकारका विषयमा सूचना माग्न आउने सबै नागरिकलाई सूचना प्रदान गर्न उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी हुन् । उनले यसअघि गएको कात्तिकमा आफूले सूचनाको हकको प्रभावकारी कार्यान्वयनको लागि दिएको निर्देशनअनुसार अधिकांशले कार्यान्वयनका लागि आवश्यक पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कात्तिक ८ गते जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पाइएको छ । उक्त बैठकले बैठकले सूचनाको हकसम्बन्धी ऐन ०६४ को दफा ५ को उपदफा ३ र ४ तथा नियमावली ०६५ को नियम ३ बमोजिम प्रत्येक कार्यालयको प्रगती विवरणलगायतका सूचना तीन/तीन महिनामा प्रकाशन गर्ने निर्णय गरेको थियो । तर सो निर्णय हालसम्म कार्यान्वयन हुन नसकेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी शर्माको अध्यक्षतामा बिहीबार बसेको जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीको बैठकले विगतमा गरेको निर्णयको समीक्षा गरेको छ । समीक्षाका क्रममा अधिकांश सरकारी कार्यालयले निर्णयअनुसार सूचनाको हकसम्बन्धी एनेको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक काम अघि नबढाएको बताएका थिए । त्यसपछि प्रजिअ शर्माले सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न थप निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । ‘बैठकमा विगतका निर्णयको समीक्षा भयो । विविध कारणले निर्णय कार्यान्वयन नभएको पाइएपछि थप निर्देशन दिइएको छ,’ उनले भनिन् । बैठकले आर्थिक वर्ष ०७८/७९ को साउनदेखि पुससम्मको विवरण तयार गरी आ–आफ्नो कार्यालयको वेबसाइट, सूचना पाटी तथा आधिकारिक सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ परियारले जानकारी दिइन् । त्यस्तै जिल्लाभरको सूचना माग र प्रवाहको तीन/तीन महिनाको विवरण जिल्ला हुलाक कार्यालयले समन्वय गरी तयार गर्ने र सूचना अधिकारीको कामलाई चुस्त, दुरुस्त बनाउने विषयमासमेत निर्णय भएको उनले बताइन् । बिहीबारको बैठकमा कार्यालय प्रमुखहरूले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले आफ्नो कार्यालयको सूचना नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने र कोही सूचना माग गर्न आएमा तत्कालै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP