Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगारी गुमाएकालाई तालिम र अनुदान 
रोजगारी गुमाएकालाई तालिम र अनुदान 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३, २०७८
Hardik health
काठमाडौं– विश्वभर फैलिएको कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकलाई निःशुल्क तालिम र अनुदान दिइने भएको छ । स्वदेश तथा विदेशमा महामारीका कारण रोजगारी गुमाएका श्रमिकलाई बाग्लुङको तमानखोला गाउँपालिकाले तालिम तथा अनुदान कार्यक्रम अघि बढाएको हो । कोरोना महामारीका कारण आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका धेरै युवाले रोजगारी गुमाएपछि उनीहरूलाई व्यवसायमा जोड्नका लागि यस्तो कार्यक्रम ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।पछिल्लो समय कोरोना महामारीका कारण धेरै युवाहरू बेरोजगार भएको जनाउँदै गाउँपालिकाले त्यस्ता युवाहरूलाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित गर्न थालेको हो । स्वदेश तथा विदेशमा रोजगारीमा रहेका धेरै युवा महामारीका कारण बेरोजगार भएका छन् । महामारीको समयमा रोजगारीका लागि विदेश गएका धेरै युवाहरू फर्किनुपरेको र छुट्टिमा आएका युवाहरू पुनः विदेश फर्कन नपाएको यस्तो कार्यक्रम ल्याइएको हो । स्वरोजगारमूलक व्यवसाय गर्ने युवा तथा महिलाका लागि व्यवसाय गर्दा बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको ब्याज तिरिदिने र आवश्यक तालिम तथा प्रशिक्षण निःशुल्क उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।उक्त कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाले कार्यविधिसमेत तयार गरिसकेको छ । गाउँपालिकाले तयार गरेको कार्यविधिअनुसार रोजगारी गुमाएका जोकोहीले पनि तमानखोलाभित्र रहेका बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सबै ब्याज गाउँपालिकाले नै तिर्ने छ । दशौँ गाउँसभाबाट पारित भएको कार्यविधिले ऋणको ब्याज तिर्ने गरी युवा तथा महिलाले गर्ने व्यवसायमा लगानी गर्न सरोकारवालालाई आग्रहसमेत गरेकोे छ । लगानीको अभावमा व्यवसाय सुरु गर्न नसकेका युवाका लागि गाउँपालिकाले बनाएको विधि उपयुक्त हुने उनले बताए ।एक जनाले रु पाँच लाखदेखि २५ लाखसम्म व्यवसायको प्रकृति हेरेर ऋण लिनसक्ने व्यवस्था गरेको जानकारी दिँदै अध्यक्ष बुढाले भने, ‘कोरोना महामारीका बेला स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवासाथी यो कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।’ गाउँपालिकाले तयार गरेको कार्यविधि कार्यान्वयनमा आइसकेको छ । कार्यविधि कार्यान्वयनमा आएपछि गाउँपालिकाले रोजगारी गुमाएका युवाहरूको तथ्यांकसमेत संकलन गर्ने तयारी गरिरहेको छ । हालसम्म गाउँपालिकामा महामारीको समयमा रोजगारी गुमाएकाको यकिन तथ्यांक नभए पनि रोजगारी गुमाएका युवाले आश्यक प्रमाण पेस गरेर यो कार्यक्रमबाट लाभ लिनसक्ने उनले बताए । गाउँमा नै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दा उत्पादन बढ्ने र अन्य सर्वसाधारणलाई समेत रोजगारीमा जोडिन वातावरण सहज हुने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाले स्वरोजगारमूलक व्यवसायमा लाग्ने युवा तथा महिलाका लागि प्रेरित गर्ने कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । तालिम, प्रशिक्षण र प्रक्रियामा सहयोग गर्नेदेखि ऋणको ब्याज तिर्ने र गाउँपालिकाकै तर्फबाट अनुदान सहयोग गर्नेसम्मका कार्यक्रम समेटिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP