Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो
रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २८, २०७८
Rasuwatatopani
Hardik health
रसुवा । उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो । विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ । पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणसमेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । पानी पुनः फर्किएयता करिब १० हजार मानिसले नुहाइसकेका थिए । तातोपानीलाई व्यवस्थितरूपले उपयोग गर्न तत्कालीन समयमा कार्यरत ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी)मार्फत निर्माण भएका आकर्षक ढुङ्गेधारा तथा पोखरी अलपत्र परेका छन् । प्राकृतिक स्रोतका अधिकतम् उपयोग गराइ तातोपानी क्षेत्रका विपन्न व्यक्तिलाई उत्थान गर्न विसं २०५७ मै पूर्वाधार निर्माण भएको र यस्ता सामाजिक कार्यमा पर्यटन विज्ञ रामचन्द्र सेढाईँको अविस्मरणीय योगदान रहेको स्थानीय बासिन्दाले स्मरण गर्नुभयो । एक जना मानिसले कम्तीमा तीन दिन नुहाउने तथा पोखरीमा डुब्ने चलन र संस्थागतरूपमा पोखरी तथा धाराको व्यवस्थापनले मानिसको चाप ह्वात्तै बढ्न थालेको अवस्थामा तातोपानीको मूल भूकम्पकै असरले सुक्ने भएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनाँै निजी होटलसमेत खाली हुँदै गएका छन् । भूकम्प अगाडिको समयमा तातोपानी नुहाउन वार्षिकरूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीय व्यवसायी किमो तामाङ्नीले बताउनुभयो । अधिकांश समय चिसो रहने उक्त क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई समेत नुहाउन सहज हुँदै आएको थियो । विगतका समयमा रसुवाका अलावा नुवाकोट, धादिङ एवं मित्रराष्ट्र चीनको भू–भागमा बसोबास गर्ने सीमापारका छिमेकीसमेत आउने गरेका थिए । -रासस
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  ०५:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP