Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कमलपोखरी तयार हुँदै
कमलपोखरी तयार हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
Hardik health
काठमाडौं– १२ बैशाख ०७२ मा गएको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त कमलपोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण पुनर्निर्माणमा केही ढिलाइ भए पनि अहिले भने कमलपोखरीको पुनर्निर्माण कार्य सकिने चरणमा पुगेको हो । एकवर्ष पहिले नै निर्माण सम्पन्न हुने गरी पुनर्निर्माणको काम अघि बढाइए पनि विश्वभर फैलिएको कोरोना महामारीका कारण पुनर्निर्माण कार्य प्रभावित भएको थियो । अब आगामी १५ दिनभित्रमा कमलपोखरीको पुनर्निर्माणको काम सम्पन्न भएर उद्घाटन गर्ने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी १५ दिनभित्रै कमलपोखरीको पुनर्निर्माणको काम सम्पन्न गरेर औपचारिक उद्घाटन गर्ने गरी तयारी भइरहेको बताएका छन् । कमलपोखरी सहरी सौन्दर्य अभिवृद्धिका लागि उपयुक्त हुने २३ रोपनी क्षेत्रफलमा पुननिर्माण कार्य जारी छ । कमलपोखरी आपसापमा ९ वटा चैत्यको विधिगत रूपमा प्रतिस्थापन कार्य पनि करिब सकिएको छ । केही रंगरोगन तथा फिनिसिङको काम मात्र बाँकी रहेको प्रमुख शाक्यले जानकारी दिए । रु. ६ करोड ३६ लाखको लगानीको पोखरी पुनर्निर्माणको काम सुरु गरिएको थियो । सुरुमा एक वर्षअघि नै सम्पन्न हुनुपर्नेमा लक्ष्य राखिए पनि कोरोना महामारीका कारण निर्धारित समयभित्र पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको हो । ‘यो ऐतिहासिक कमलपोखरी हो, काम सकिनासाथ हामी पोखरीको उद्घाटन गर्छौँ,’ प्रमुख शाक्यले भने । प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटकीय पोखरीका रूपमा विकास गरेको प्रमुख शाक्यको भनाइ छ । ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दि“दै उनले त्यसलगत्तै पोखरीको औपचारिक उद्घाटन कार्यक्रम गरिने उनले बताए । पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीमा मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा यो पोखरी विकास हुने बताइएको छ । कमलपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि पोखरी वरिपरी वृक्षारोपण गर्ने महागरपालिकालको तयारी छ । ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यस पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ मेयर शाक्यले भने, ‘छिट्टै कमलपोखरीको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उनको भनाइ छ । यसैगरी महानगरपालिकाले कमलपोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरूप काम अघि बढेको पनि बताए । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यहाँसम्म ल्याउन पाउँदा खुसी लागेको बताइन् । महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिएका छन् । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिएको छ भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको उनले जानकारी दिइन् । ‘पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ’ उनले भनिन् ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP