Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कमलपोखरी तयार हुँदै
कमलपोखरी तयार हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
काठमाडौं– १२ बैशाख ०७२ मा गएको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त कमलपोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीका कारण पुनर्निर्माणमा केही ढिलाइ भए पनि अहिले भने कमलपोखरीको पुनर्निर्माण कार्य सकिने चरणमा पुगेको हो । एकवर्ष पहिले नै निर्माण सम्पन्न हुने गरी पुनर्निर्माणको काम अघि बढाइए पनि विश्वभर फैलिएको कोरोना महामारीका कारण पुनर्निर्माण कार्य प्रभावित भएको थियो । अब आगामी १५ दिनभित्रमा कमलपोखरीको पुनर्निर्माणको काम सम्पन्न भएर उद्घाटन गर्ने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी १५ दिनभित्रै कमलपोखरीको पुनर्निर्माणको काम सम्पन्न गरेर औपचारिक उद्घाटन गर्ने गरी तयारी भइरहेको बताएका छन् । कमलपोखरी सहरी सौन्दर्य अभिवृद्धिका लागि उपयुक्त हुने २३ रोपनी क्षेत्रफलमा पुननिर्माण कार्य जारी छ । कमलपोखरी आपसापमा ९ वटा चैत्यको विधिगत रूपमा प्रतिस्थापन कार्य पनि करिब सकिएको छ । केही रंगरोगन तथा फिनिसिङको काम मात्र बाँकी रहेको प्रमुख शाक्यले जानकारी दिए । रु. ६ करोड ३६ लाखको लगानीको पोखरी पुनर्निर्माणको काम सुरु गरिएको थियो । सुरुमा एक वर्षअघि नै सम्पन्न हुनुपर्नेमा लक्ष्य राखिए पनि कोरोना महामारीका कारण निर्धारित समयभित्र पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको हो । ‘यो ऐतिहासिक कमलपोखरी हो, काम सकिनासाथ हामी पोखरीको उद्घाटन गर्छौँ,’ प्रमुख शाक्यले भने । प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटकीय पोखरीका रूपमा विकास गरेको प्रमुख शाक्यको भनाइ छ । ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दि“दै उनले त्यसलगत्तै पोखरीको औपचारिक उद्घाटन कार्यक्रम गरिने उनले बताए । पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीमा मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा यो पोखरी विकास हुने बताइएको छ । कमलपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि पोखरी वरिपरी वृक्षारोपण गर्ने महागरपालिकालको तयारी छ । ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यस पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ मेयर शाक्यले भने, ‘छिट्टै कमलपोखरीको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उनको भनाइ छ । यसैगरी महानगरपालिकाले कमलपोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरूप काम अघि बढेको पनि बताए । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यहाँसम्म ल्याउन पाउँदा खुसी लागेको बताइन् । महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार वटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिएका छन् । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिएको छ भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको उनले जानकारी दिइन् । ‘पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ’ उनले भनिन् ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP