Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश गएकाको तथ्यांक खोजिने
विदेश गएकाको तथ्यांक खोजिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २७, २०७८
Hardik health
स्याङजा– वालिङ नगरपालिकाले विदेश गएका नगरवासीको तथ्यांक संकलन थालेको छ । नगरपालिकाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेको नगरवासीको तथ्यांक संकलन गर्न थालेको हो । सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले बुधबारदेखि नगरका सबै वडामा गणकहरू परिचालन गरेको छ । सुरक्षित आप्रवासनको पक्षमा वकालत गर्दै आएको सामी परियोजनाले वालिङबाट विभिन्न मुलुकमा काम तथा अन्य सिलसिलामा पुगेको व्यक्तिहरूको विवरण संकलन थालेको हो । गणनामा खटिनुअघि उनीहरूलाई तालिम पनि दिइएको थियो । उनीहरूलाई वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई लक्षित गरेर विवरण संकलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको छ । सबै वडामा परिचालन गरिएका गणकहरूले वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्यांक संकलन गर्नेछन् । वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण संकलन गर्ने जानकारी दिँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाका बारेमा यथार्थ जानकारी भएस“गै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुने छ ।’ ‘कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्यांक संकलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताए । त्यस्तै गणकहरूले विदेश गएका तथा फर्केकाहरूको सीप, योग्यतालगायत विवरण पनि संकलन गरिरहेको नगरप्रमुख दिलीपप्रताप खा“णले जानकारी दिएका छन् । उनका अनुसार वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरूसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर संकलन गर्नेछन् । त्यसरी विदेशमै रहेका वा फर्केकाहरूको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने अद्यावधिक राख्ने नगरपालिकाको योजना छ । रोजगार पोर्टलमा कामदार र रोजगार प्रदायक व्यक्ति तथा संस्थाहरूको व्यवस्थित विवरण राख्ने नगरपालिकाको तयारी छ । नगरपालिकाभित्रका बेरोजगारी समस्या समाधान गर्नका लागि नगरपालिकाले यस प्रकारको तयारी गरेको हो । रोजगार पोर्टलमा इच्छुकको नामावली राखेस“गै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । ‘वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ’, उनले भने, ‘सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।’
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP