Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनसिसी समितिको प्रतिवेदन अमान्य
एनसिसी समितिको प्रतिवेदन अमान्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २५, २०७८
NRNA
Hardik health
काठमाडौं– गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गर्न गठित प्राविधिक समितिले प्रतिवेदन पेस गरेको छ । संघले यसअघि उक्त विवाद समाधानका लागि प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सोही उच्चस्तरीय समितिले २७ जनवरीमा अधिवक्ता सज्जन बरसिंह थापा, अधिवक्ता मुकुन्दप्रसाद पौडेल तथा सूचना प्रविधि विज्ञ दिपेश प्रधान सदस्य रहेको तीन सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । उक्त प्राविधिक समितिले यसै सातामा उच्चस्तरीय समितिलाई २० पृष्ठको प्रतिवेदन बुझाएको हो । यद्यपि, प्राविधिक समितिले प्रतिवेदनमा ठोस सुझाव नदिएको भन्दै आलोचना पनि सुरु भएको छ । आलोचकहरूले उक्त प्रतिवेदन अमान्य हुने चेतावनी पनि दिएका छन् । संघका राष्ट्रिय समन्वय परिषदहरूको विश्व भेलाले नव निर्वाचित एनसिसीहरूलाई प्रतिनिधि सूची पठाउन दिइनुपर्ने र संरक्षक परिषदले महाधिवेशन तथा निर्वाचन गराउनु पर्ने माग गरेका थिए । तर, प्राविधिक समितिले पुरानै एनसिसीहरूले पठाएको प्रतिनिधि सूचीलाई मान्यता दिनु पर्ने सुझाव दिएको छ । विवादको जड नै त्यही नै भएको र पुरानै एनसिसीहरूले पठाएको प्रतिनिधि सूचीको आधारमा महाधिवेशन तथा निर्वाचन गराउन सम्भव नभएको भन्दै एनसिसी युकेका अध्यक्ष प्रेम गाहा मगरले आफूहरू सहभागी नहुने बताएका छन् । प्रतिवेदनमा ३१ जुलाई ०२१ पछि सदस्य बनेका व्यक्तिले डेलिगेट्स निर्वाचन प्रक्रियामा भाग लिन नपाउने जनाइएको छ । तर, विभिन्न एनसिसीको चुनावमा गरिएको धाँधलीबारे परेका उजुरीहरूलाई ‘व्यक्तिगत उजुरी’ भन्दै प्रतिवेदनमा समावेश गरिएको छैन । एनसिसी जापानमा विद्यार्थीहरूलाई सदस्य बनाई मतदानमा सहभागी गराइएको र एमआइएस प्रणालीको व्यापक दुरूपयोग गरिएको बारे पनि प्रतिवेदन मौन रहेको मगरको आरोप छ । उनले उक्त प्रतिवेदन कार्यान्वयन हुन नसक्ने भन्दै तत्काल एनसिसीहरूसँग छलफल गर्नुपर्ने माग गरेका छन् । आइसिसीका मानार्थ सदस्य शनिकुमार ओलीले महाधिवेशनमा एनसिसीहरूलाई कसरी सहभागी बनाउने भन्ने नै अहिलेको मुख्य प्रश्न भए पनि प्रतिवेदन यसबारेमा मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘एनसिसीहरूको सहभागिता बेगर अगाडि बढ्न सकिन्न । उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयमा उजुरी गर्ने पक्ष र एनसिसीहरूसँग तत्काल छलफल गर्नु पर्छ,’ उनले भने । युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले प्राविधिक समितिले सम्बन्धित पक्षको राय नलिई हचुवाका भरमा रिपोर्ट बनाएको बताएका छन् । ‘यो राय मात्रै हुनसक्छ, यसलाई फर्काएर गहिरो अध्ययनमा पठाउनु पर्छ,’ उनले भने । उच्चस्तरीय समितिको यसै साता बस्ने बैठकले उक्त प्रतिवेदनबारे छलफल गर्ने बताइएको छ । ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०५:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP