Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • रेडियो सुनेर गायिका बनेँः निर्मला
रेडियो सुनेर गायिका बनेँः निर्मला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
Hardik health
सानोमा रेडियोमा गीत सुन्दा निर्मला थापा मगर सोच्थिन्, ‘एक दिन म पनि गायिका बन्छु ।’ तर, कसरी गायिका बन्ने ? थाहा थिएन । उनै निर्मला अहिले अढाई सयभन्दा बढी गीतका गायिका बनेकी छन् । उनका दर्जनौँ गीतहरू दर्शक÷स्रोतामाझ चर्चित छन् । गीत सुन्न र गाउन भनेपछि हुरुक्कै हुने निर्मला पढ्ने निहुँमा २०६३ सालतिर गुल्मीबाट काठमाडौं आएकी हुन् । निर्मला भन्छिन्, ‘काठमाडौं आएकै वर्ष खडेरीले सुकेको फूलबोलको रेकर्ड गराएँ । त्यो नै मेरो पहिलो गीत हो ।’ गायिका निर्मला थापा मगरसँग गरिएको कुराकानी: गीतसंगीत क्षेत्रमा कसरी लाग्नुभयो ? –गीतसंगीत भनेपछि म सानैदेखि हुरुक्कै हुन्थेँ । रेडियोमा गीत सुनेर गुनगुनाउँथेँ । गाउन र नाच्न मनपर्ने भएकाले स्कुलमा हुने हरेक कार्यक्रममा गाउन थालेँ । त्यतिखेरै मलाई गायिका बन्ने रहर पलाएको हो ।  गायिका बन्ने अवसर चाहिँ कसरी जु¥यो ? –२०६३ सालमा पढ्न भनेर काठमाडौं आएँ । गायिका बन्नलाई जान्छुभन्दा बुबाले नदिने । मेरो बुबा इण्डियन आर्मी हो । एकदमै कडा स्वभावको हुनुहुन्थ्यो । त्यसैले पढ्न भनेर काठमाडौं आएँ । मेरो उद्देश्यचाहिँ पढाइ र गायनलाई सँगै अगाडि बढाउनु थियो । काठमाडौं आएपछि पढ्दै गायन सिक्न थालेँ । त्यो समयमै ‘खडेरी सुकेको फूल’बोलको गीत रेर्कड गराएँ । जुनगीत मेरो पहिलो रेकर्डेड गीत हो । रेडियो सुनेरै गायिका बन्ने मोह जागेको हो त ? –हो, जसरी पनि मैले गीत सुन्नै पर्ने । बुबाले रेडियो जताजता लैजानुहुन्थ्यो । म पनि उतैउतै गएर गीत सुन्थेँ । र, एकदिन म पनि गायिका बनेरै देखाउँछु भनेर सोच्थेँ । सानो हुँदा कस्तो गीत सुन्नुहुन्थ्यो ? –त्यो बेला लोकपप र आधुनिक गीत बढी सुन्थेँ । रेडियोमा पनि लोक र पप गीतहरू बढी बज्थ्यो । म कुन्ती मोक्तान, सत्यकला राई, राजेशपायल राईको ‘फैलियो माया दुबो सरी’, आभा मुकारुङ र तिलक बम मल्लका गीतहरू औधी सुन्थेँ । उहाँहरूको गीत सुन्दा अहिल्यै गायिका बनुँबनुँ जस्तो लाग्थ्यो । तपाईं कस्ता गीत बढी गाउनहुन्छ ? –म सबै प्रकारका गीत गाउँछु । आधुनिक गीतबाट गाउन सुरु गरेकी हुँ । तर, म आधुनिक मात्र नभएर लोकपप, लोकगीत, दोहोरी, सालैजो र तामाङ सेलोसमेत गाएकी छु ।  तपाईंको पहिलो एल्बम कुन हो ? –मेरो पहिलो एल्बम ‘चोखो माया’ हो । त्यो समयमा एल्बममा धेरै गीत राख्ने चलन थियो । मैले पनि सात वटा गीत राखेर ‘चोखो माया’ एल्बम निकालेकी थिएँ । त्यो एल्बम सोचेभन्दा राम्रो भयो । ‘चोखोमाया’का गीतहरू स्रोताले रुचाई दिनुभयो । जसले म अझ गायनमा हौसिएँ । तपाईंका गीत सुनेर बुबाले के प्रतिक्रिया दिनुभयो ? –बुबाले मेरो गीत सुन्नै पाउनुभएन । भर्खरै गीत गाउन सुरु गर्दागदै बुबा किड्नी फेल भएर बित्नुभयो । सुरुमा बुबाको किड्नी फेल भएको थाहा भएन । एक्कासी बुबालाई गाह्रो भएपछि अस्पताल लैजाँदा उहाँ बित्नुभयो । त्यसैले बुबाले मेरो गीत नै सुन्न पाउनुभएन । हालसम्म तपाईंले कति गीत गाउनुभयो ? –यति नै भनेर यकिनका साथभन्न सक्दिनँ । तर, लोकपप, आधुनिक, लोकगीत, सेलो सबै गर्दा अढाइ सयभन्दा बढी गाएँ होला । तपाईंलाई गायिकाका रूपमा स्थापित गर्ने गीत कुन हो ? –मेरो थुपै्र गीतहरू छन्, जसले मलाई नेपाली सांगीतिक क्षेत्रमा गायिका निर्मला थापा मगर भनेर चिनिएकी छु । हाँसेर बोल, मेरो सोल्टी राजा, फूलैमा बस्ने भमरालगायत मेरो गीतहरू दर्शक तथा स्रोताले रुचाउनु भएको छ । ती गीतहरू अहिले पनि मेला, महोŒसवमा रुचाउँने गरिएको छ । अहिले आफ्नो रहर पूरा भएजस्तो लाग्छ ? –रहर त पूरा भएको छ । तर, गर्नु अझै बाँकी छ । गीतसंगीत क्षेत्रमा लाग्ने सबैको चाहना र इच्छा भनेको स्रोतालाई एकपछि अर्को उत्कृष्ट गीत दिउँ भन्ने हुन्छ । मलाई पनि त्यस्तै लाग्छ । समग्रमा भन्नुपर्दा सन्तुष्ट र खुसी छु । ढेड दशकयता गायनमा हुनुहुन्छ । यो क्षेत्रमा परिवर्तन के पाउनुभयो ? –जतिखेर गायनलाई व्यवसायी रूपमा अँगालेकी थिएँ, त्योबेला र अहिलेको अवस्था सम्झिँदा आम परिवर्तन भएको छ । अहिले जस्तो त्यो समयमा ब्रगेल्ती मिडिया थिएन । गाउनका लागि धेरै मिहिनेत गर्नु पर्दथ्यो । गीत गाएपछि प्रमोट गर्नु गाह्रो थियो । तर, अहिले प्रविधिसँगै मिडिया पनि प्रसस्त भए । आफूले चाहेमा जतिखेर पनि भाइरल बनाउन सकिन्छ ।    
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP