Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जान नक्कली पिसिआर रिपोर्ट
वैदेशिक रोजगारीमा जान नक्कली पिसिआर रिपोर्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
nakkali-pcr-report
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा जाने ब्यक्तिहरूका लागि आवश्यक पर्ने नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र कान्तिपुर अस्पताल प्रालिले नेपाल सरकारले तोकेभन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको पाइएको छ । विशेष सूचनाको आधारमा नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी ललितपुर ग्वार्को बस्ने धनुषा विदेह नगरपालिका–४ घर भएका २५ वर्षीय रोशनकुमार छिट्टान र सोही हस्पिटलका ल्याब प्रबन्धक भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिका–७ घर भएका २४ वर्षीय प्रसन्नकुमार झा तथा काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू काठमाडौं गौशाला बस्ने धनुषा छिरेश्वर नगरपालिका–१ घर भएका २५ वर्षीय नागेन्द्र यादव र भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–५ घर भएका २९ वर्षीय माधव मैनाली रहेका छन् । वैदेशिक रोजगारमा जाने ब्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट ती दुई अस्पतालबाट नेपाल सरकारले तोकेभन्दा अधिक बढी रकम लिई स्वाबको नमुनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट र प्रसन्न कुमारलाई सोही हस्पिटलबाट तथा कान्तिपुर अस्पतालका नागेन्द्र कुमारलाई १७ थान नक्कली पिसिआर रिपोर्टसहित सोही अस्पताल अगाडिबाट र माधव मैनालीलाई सोही अस्पतालबाट पक्राउ गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटरलगायतका उपकरण, पिसिआर टेष्ट दर्ता रजिष्टर, नक्कली पिसिआर रिपोर्ट र रसिद प्याडहरूसमेत बरामद गरेको छ । साथै दुवै अस्पतालका पिसिआर ल्याबहरू सिल गरी पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ । उक्त अस्पतालले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटिभ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ती अस्पतालहरूले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनि परिचयपत्र बनाई सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरूले आफैले आफ्नै स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा स्वाब दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति १० हजार रूपैयाँसम्म असुल गर्ने गरेको तथा क्युआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कलीजस्तै रिपोर्ट बनाउने गरेको खुल्न आएको छ । हाल फरार दुवै अस्पतालका ल्याबका सञ्चालकहरू तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP