Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चन्द्रागिरिको सेवा आफ्नै भवनबाट
चन्द्रागिरिको सेवा आफ्नै भवनबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २०, २०७८
Hardik health
काठमाडौं– गएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दा चन्द्रागिरि नगरपालिकाले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । हालका जनप्रतिनिधिहरूले निर्वाचित भएलगत्तै प्राथमिकताका साथ भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माण सम्पन्न भएसँगै चालु महिनाभित्रै नगरपालिकाले आफ्नै भवनबाट सेवा दिने तयारी गरेको हो । चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् । मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन निर्माण कार्य करिब सम्पन्न भएको नगरपालिकाले जनाएको छ । केही फिनिसिङ बाहेकका काम सम्पन्न भएकाले यही माघ महिनाको अन्त्यसम्ममा सर्ने तयारी गरिएको हो । उक्त भवन रु. २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संरचना बनिरहेको र सो रकममध्ये जिल्ला समन्वय समिति काठमाडौंको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले यही माघ मसान्तभित्रमै नगरपालिका नयाँ भवनमा सर्ने जानकारी दिएका छन् । उनले भवन उद्घाटनको तयारी भइरहेको जानकारी दिँदै अब नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट नगरवासीलाई सेवा दिने बताए । बाल, जेष्ठ नागरिक र अपाङ्गतामैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने, छुट््याउने, रंगरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम भइरहेको उनले जानकारी दिए । समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले ११ मंसिर ०७६ मा संयुक्त रूपमा सो भवनको शिलान्यास गरेका थिए । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौताअनुसार ०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो, तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ । नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रूपमा पाउने नगरप्रमुख गिरीले जानकारी दिएका छन् । अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भइसकेकाले उक्त कार्यालयको सेवा सोही भवनबाट दिइनेछ । भूकम्पप्रतिरोधी र अग्नि नियन्त्रक उपकरण जडित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ’ रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिएका छन् । उनले भने, ‘निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा काम भइराखेकोमा कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौँ । भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । हस्तान्तरणको तयारीमा छौँ ।’ नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरप्रमुख गिरीले जानकारी दिएका छन् । उनले नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउनेकालाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए । काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०३:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP