Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोपको खोजी सुरु
खोपको खोजी सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १८, २०७८
thumb
Hardik health
काठमाडौं– सरकारले खरिद गरेको कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हराएको सार्वजनिक भएपछि सरकारको तीव्र आलोचना भयो । मन्त्रीहरूले खोपमा पनि भ्रष्टाचार गरेको भन्दै आलोचना भएपछि सरकारले हराएको खोपको खोजी कार्य सुरु गरेको छ । हराएको खोप खोजी गर्न गठन गरिएको छानबिन समितिले खोजी कार्य कार्य सुरु गरेको हो । समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ । २१ माघ अपरान्ह ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै तथ्यांक नभेटिएको बारे संसदीय समितिलाई जानकारी गराएका थिए । स्वास्थ्य सचिव पोखरेलले नै ठूलो मात्रामा खोप हराएको तथ्य सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको चर्को आलोचना गर्दै आइरहेको थियो । विपक्षीको चर्को आलोना खेप्नुपरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मात्रै हराएको खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए । छानबिन समितिको पहिलो बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डिएचएस–२ प्रणालीअनुसार पठाउन भनेको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि खोप एकमात्र विकल्प हो । खोपले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता (एण्टीबडी) विकास गर्ने भएकाले खोप कार्यक्रमलाई विश्वका सबै मुलुकले प्राथमिकताका साथ अगाडि बढाएका छन् । नेपाल आफैँले खोप उत्पादन गर्न सकेको छैन । अन्य मुलुकमा उत्पादन गरिएको खोपको केही मात्रा सरकारले किनेको छ भने अधिकांश खोप विभिन्न मुलुकले अनुदानमा उपलब्ध गराएका छन् । हालसम्म लक्षित समूहमध्ये करिब ६५ प्रशितलाई खोप लगाइसकिएको सरकारले दाबी गरेको छ । सरकारले खोपको तेस्रो मात्रा (बुस्टर डोज) पनि लगाउन थालेको छ । थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विश्व बैंकको ऋण सहयोगमा मंगलबारसम्म २३ लाख ४० हजार मात्रा मोर्डना खोप आउन लागेको हो । मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप नेपाल आइपुगेको छ । बाँकी खोप मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने मन्त्रालयले जानकारी दिएको छ । सरकारले बालबालिकालाई खोप दिइरहेको छ । अधिकांश जिल्लामा बालबालिकालाई मोर्डना खोपको पहिलो मात्रा लगाइँदै छ । ललितपुरमा जिल्लामा भने उक्त समूहका बालबबालिकालाई खोपको दोस्रो मात्रा पनि दिन थालिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP