Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुकुम्वासीलाई वैकल्पिक व्यवस्था
सुकुम्वासीलाई वैकल्पिक व्यवस्था
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १७, २०७८
4d05d65393b58c3578a6e8320231e1aa
Hardik health
काठमाडौं– अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनारमा अस्थायी र स्थायी संरचना हटाउने तयारी गरेपछि त्यस क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासीहरू त्रसित बनेका छन् । गुहेश्वरीदेखि बल्खुसम्मको क्षेत्रमा नदी किनार आसपासमा छापो हालेर बसेका र केही स्थायी संरचनासमेत निर्माण गरेर बसेका सुकुम्वासीहरू बास उठ्ने डरले त्रसित बनेका हुन् । समितिले गोकर्ण बाँधदेखि गुहेश्वरीसम्म वाग्मती नदी किनार आसपासमा बनाइएका अस्थायी र स्थायी संरचना हटाउने कार्यको थालनी गरिसकेको छ भने, गुहेश्वरीदेखि थापाथलीसम्मको किनारका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ । सरकारले वाग्मती नदी किनारमा बसेका वास्तविक सुकुम्वासीलाई वैकल्पिक वासस्थानको व्यवस्था गर्ने भएको छ । सहरी विकास मन्त्रालयले वाग्मती किनारमा बस्दै आएका सुकुम्वासीलाई वैकल्पिक बासको व्यवस्था गर्ने भएको हो । मन्त्रालय मातहतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरीदेखि थापाथलीसम्मका घर टहरा हटाउन सूचना जारी गरिसकेको छ । सो सूचनाअनुसार गुहेश्वरीदेखि थापाथलीसम्मको वाग्मती किनारमा बसेका सुकुम्वासीलाई वैकल्पिक बासस्थानको व्यवस्था गर्ने योजनामा मन्त्रालयले बनाइरहेको हो । यो योजनाअन्तर्गतको काम अगाडि बढाउँदा त्यस क्षेत्रमा अव्यवस्थितरूपमा बस्दै आएका सकुम्बासीलाई व्यवस्थित गर्नतर्फ लागेको मन्त्री रामकुमारी झाक्रीले बताएकी छन् । उनले तत्काल १०३ परिवारलाई इचंगुुमा सार्ने योजना बनिरहेको बताइन । यस्तै, बाँकी परिवारलाई समेत वैकल्पिक वासको खोजी गरिरहेको उनको भनाइ छ । ‘वाग्मतीमा अनुभूत हुने गरी परिवर्तन आउन अबको दुई तीन महिना लाग्छ । यस क्षेत्रमा मूख्यगरी तीन वटा समस्या छ । सकुम्वासी, धार्मिक र अन्य गरी तीन समस्या छ,’ उनले भनिन्, ‘यी तीनै वटा समस्यालाई समाधान गर्दै वाग्मती ब्युटिफिकेशनको काम अगाडि बढ्छ ।’ उनले गोकर्णदेखि गुहेश्वरीसम्म पनि घरटहरा रहेको र ती घर टहरा सजिलै हटेकाले गुहेश्वरीदेखि थापाथलीसम्म पनि सजिलै हट्ने अपेक्षा रहेको बताइन् । हाल गोकर्णदेखि गुहेश्वरीसम्म वाग्मतीका दुईतर्फी किनारको साइट क्लियर भइसकेको छ । त्यसक्षेत्रको घर टहना हटिसकेको छ । तर, गुहेश्वरीबाट थापाथलीसम्मका घर÷टहराले त्यसयताको काम अड्किएको छ । सोही, अड्किएको कामलाई अगाडी बढाउन समितिले शनिबार खोला किनारमा बनेका घर टहरा हटाउन २१ माघसम्मको समयसीमा दिएको छ । शनिबार समितिले पत्रिकामा अस्थायी संरचना तीनदिनभित्र र स्थायी संरचना एक साताभित्रमा हटाइसक्न अल्टिमेटमसहितको सूचना जारी गरेपछि त्यस क्षेत्रका सुकुम्वासीहरू त्रसित बनेका हुन् । संरचना निर्माण गरेका सम्बन्धित व्यक्ति वा संस्थाले संरचना नहटाए समितिले हटाउने र त्यसमा लाग्ने खर्च सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी दिइएको छ । गुहेश्वरी–बल्खु क्षेत्रमा प्रमुख रूपमा सुकुम्वासी समस्या छ । समितिसँग अनुमति नलिई विभिन्न संरचना बनाइएका छन् । अवैध रूपमा बनेका संरचनाको अध्ययन गर्न समितिले वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । उक्त समितिले अध्ययनका क्रममा त्यस क्षेत्रको प्रमुख समस्या सुकुम्वासी समस्या रहेको प्रतिवेदनमा उल्लेख गरेका थियो । उक्त क्षेत्रमा ठूलो संख्यामा आफूलाई सुकुम्वासी बताउनेहरूले संरचना निर्माण गरेको भेटिएको छ । तर, समितिले अध्ययनका क्रममा नदी किनारमा संरचना निर्माण गरेकामध्ये ४० प्रतिशतमात्र वास्तविक सुकुम्वासी रहेको र बाँकी ६० प्रतिशत भने राजनीतिक कारणले त्यसक्षेत्रमा बसेको निष्कर्ष निकालिएको थियो । अध्ययन समितिसँग क्षेत्रमा अनधिकृत बसोबास गर्ने ८९ प्रतिशतले ‘सरकारले अन्यत्र जग्गा दिए सर्छौँ’ भनेका थिए । एघार प्रतिशतले भने घर नै माग गरेका थिए । वाग्मती किनारका सुकुम्वासीका बारेमा अध्ययन गर्न वीरेन्द्र थपिलियाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP