Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • अर्जुनको फिल्म आउने भएपछि रिमेकलाई चुनौती
अर्जुनको फिल्म आउने भएपछि रिमेकलाई चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ६, २०७८
Arjun news
Hardik health
काठमाडौं — बलिउडको बक्स अफिसमा सफल मानिएको ‘पुष्पाः द राइज’ को हिन्दी संस्करणपछि अल्लु अर्जुनको एउटा तेलेगू फिल्म पनि हिन्दी भाषामा आउने भएको छ । ‘पुष्पाः द राइज’ले बलिउडमा व्यवसायी तहल्का मच्चाएको थियो । त्यसैबाट हौसिएर अर्जुनले आफ्नो अर्को तेलेगू फिल्मलाई हिन्दी भाषामा ल्याउन लागेको बताइएको छ । भारतीय पत्रिकार इन्डिया टुडेका अनुसार पुष्पाले उत्तरी भारत र अन्य ठाउँमा पाएको सफलता देखेपछि अल्लुको फिल्म ‘अला वैकुन्ठपुरमलो’को हिन्दी संस्करण बनाउने निर्णय निर्माताहरूले गरेका हुन् । ‘अला वैकुन्ठपुरमलो’नयाँ फिल्म भने होइन । यो सन् २०२० मै रिलिज भएको फिल्म हो । जसले दक्षिण भारतमा राम्रो सफलता पाएको थियो । अहिले पुष्पाले उत्तरी भारतका हलमा तहल्का मच्चाएको देखेपछि ‘अला वैकुन्ठपुरमलो’का निर्माण टोलीले यसलाई हिन्दीमा डब गरेर फेरि रिलिज गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्म हिन्दी भाषामा भएपनि यसको नाम भने फेरिने छैन । यो अला वैकुन्ठपुरमलो नाममै रिलिज हुने बताइएको छ । जुन फिल्म आगामी जनवरी २२ मा रिलिज हुने बताइएको छ । अल्लु अर्जुनको फिल्म हलमा लाग्ने भएपछि यही समय आसपास रिलिज हुन लागेका बलिउड फिल्मलाई चुनौती हुने अनुमान समेत फिल्म समीक्षकहरूले गरेका छन् । यसमा सबभन्दा धेरै समस्या कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको ‘शेहजादा’लाई पर्ने अनुमान गरिएको छ । किनकि शेहजादा अला वैकुन्ठपुरमलोकै हिन्दी रिमेकका रूपमा बनिरहेको फिल्म हो । यो फिल्म सन् २०२२ नोभेम्बरमा रिलिज हुने भनिएको छ । बलिउड विश्लेषक रमेश बालाले भने शेहजादालाई अला वैकुन्ठपुरमलोको हिन्दी संस्करणले खास प्रभाव नपार्ने बताएका छन् । बालाका अनुसार अला वैकुन्ठपुरमलो ठूलो स्तरमा रिलिज हुन लागेको होइन । यो फिल्मका मुख्य टोलीले अनुगमन पनि गर्दैनन् भन्ने उनको अनुमान छ । उनले भनेका छन्, ‘यसले कार्तिक आर्यनको फिल्मलाई खास असर नपार्ला । शेहजादा र अला वैकुन्ठपुरमलोका हिरो नै फरक छन्, हिरोइन फरक छन् र गीत फरक हुनेछन् ।’ उनले अल्लु अर्जुनको चर्चा बढिरहेका बेला थप कमाइ होस् भनेरमात्र अला वैकुन्ठपुरमलो रिलिज गर्न लागेको पनि बताएका छन् । अर्का फिल्म समीक्षक तरन आदर्श भने यसमा सहमत छैनन् । शेहजादालाई दर्शकले अला वैकुन्ठपुरमलोसँग तुलना गर्ने भएकाले प्रभाव पर्ने उनले बताएका छन् । अल्लुका प्रशंसक र लोकप्रियता पछिल्लो समय अझै धेरै बढेको भन्दै उनले भनेका छन्, ‘पुष्पाले पूरै भारतीय फिल्म उद्योगमा तहल्का मच्चाइसकेको छ । हलिउड फिल्म स्पाइडर म्यानः नो वे होमलाई समेत पछि पारिदियो । अब अल्लु अर्जुनको अला वैकुन्ठपुरमलो हिन्दी भाषामा डब भएर आउँदैछ । अहिले बजारमा नयाँ फिल्म पनि छैनन् । यो मौकामा अला वैकुन्ठपुरमलोले सफलता पाउने सम्भावना धेरै छ ।’ पुष्पा फिल्मले सबै भाषामा गरी ३ सय २५ करोड भारूभन्दा बढी कमाइसकेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP