Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आइसोलेसन र क्वारेन्टाइन तयार
आइसोलेसन र क्वारेन्टाइन तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ५, २०७८
Isolation
काठमाडौं– पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण दर तीव्र रूपमा बढिरहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा संक्रमण दर अझै तीव्र छ । मुलुकभर थपिएका नयाँ संक्रमितमध्ये दुई तिहाई भन्दा बढी त काठमाडौं उपत्यकामा हुने गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा काठमाडौं उपत्यकामा आइसोलेसन र क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमै फैलिएको विषयलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले यसअघिको लहरका बेला तयार पारिएका क्वारेन्टाइन र आइसोलेसनलाई नै पुनः सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौं उपत्यकामा यसअघि कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला विभिन्न स्थानमा आइसोलसन र क्वारेन्टाइन बनाइएका थिए । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन स्थलहरू यसपटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । उनका अनुसार पुराना क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने विषयमा गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल भइसकेको जानकारी दिएका छन् । महानगरपालिकाले नेपाली सेना र अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन भनेको महानगरप्रमुख शाक्यले जानकारी दिए । ‘हामी तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टाइनहरू सञ्चालन गर्न सक्छौँ,’ उनले भने । उनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गरेका छन् । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको महानगरपालिकाले आरोप लगाएको छ । सम्बन्धित निकायहरूबीचमा आवश्यक समन्वय नहुँदा अन्योलको स्थिति सिर्जना भएको उनको भनाइ छ । महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । संघीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपंक्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि महानगरपालिकाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल गरिएको छ । निःशुल्क परीक्षण गर्न माग राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टिजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गरेका पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागतभन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ । निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम रु पाँच सय लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम रु दुई हजार र सरकारी अस्पतालमा रु एक हजार लिइरहेका छन् । सम्पूर्ण परीक्षण गर्न टेस्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दासमेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा रु ८०० भन्दा बढी नपर्ने भनिएको छ । तर, सरकारी र निजी स्वास्थ्य संस्थाहरूले धेरै शुल्क लिएको भन्दै गुनासो आइरहेको छ ।–प्रशिक्षार्थी पत्रकार
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP