Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • छाडा गाईको व्यवस्थापनमा समस्या : हिलाम्मे गोठमा पानीले निथु्रक्कै
छाडा गाईको व्यवस्थापनमा समस्या : हिलाम्मे गोठमा पानीले निथु्रक्कै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ४, २०७८
काठमाडौं– सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साढेंको व्यवस्थापनका लागि छुट्याइएको स्थान हिलाम्ये हुँदा त्यहाँ राखिएका जनावरको दिन कष्टकर बनेको छ । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रमा गाईबाच्छा र साढेंलाई राख्दै आएको छ । व्यवस्थित गोठको अभावमा हिलो र वर्षात्को पानीका कारण त्यहाँ राखिएका एकसय ५३ वटा जनावर निथ्रुक्क भिजेर हिलोमा बस्न बाध्य छन् । सडकमा पुगेका गाई बाच्छालाई सवारी साधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना हुँदा विजोग अवस्थामा देखेपछि तिनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुटेको करिब १५ वर्ष भएको छ । न्यौपानेलाई मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–०७१ मार्फत बेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको हो । अध्यक्ष न्यौपानेले भने, ‘औषधीय गुणयुक्त दूध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग पाइन, सडकबाट त उद्धार गर्छु तर गोठ नै बनाउन नसक्दा पानी र हिलोमै यिनलाई राख्नुपर्ने बाध्यता छ ।’ उनले सहयोगी, शुभचिन्तककै दान, दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार त गर्दै आएको जानकारी दिँदै भने, ‘एउटा गोठमा सबै गाइबाच्छा र साढें नअटाएको कारण हिलो/पानीमा रूझेको हेरिरहनु परेको छ ।’ संस्थागत रूपमा काम गर्नुअघि उनले सात/आठ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई, बाच्छाको उपचार र खाना खुवाउने गर्दथे । देख्नेहरूले सहयोग गर्नुको साटो आफूलाई ‘पागल’ भन्ने गरेको उनी स्मरण गर्दछन् । तर, त्यो इच्छालाई अभियानको रूपमा अगाडि बढाएको उनको भनाइ छ । व्यवसायको नाममा कागज झोलामा बोक्नेले सहयोग/अनुदान पाउने प्रवृत्तिले आफूलगायत सोझा किसानले सरकारको कार्यक्रमबाट लाभ लिन नसकेको अध्यक्ष न्यौपानेको बुझाइ छ । सरकारले ‘गोठ सुधार कार्यक्रम’ सार्वजनिक गरेको समाचारमा सुनेको, तर त्यो सुविधा/अनुदान लिने प्रक्रियामा लाग्दा/लाग्दा थाकेको बताएका छन् । अभियन्ता न्यौपानेले स्थानीय सरकार प्रमुखले तोक नै लगाएको पत्रलाई प्रसाशनमा बस्नेले नटेर्ने, फाइल गायब गर्ने सरकारी कर्मचारीको बद्मासीका कारण आङ्खनो अभियानले सहयोग नपाएको गुनासो गरे । गाईलाई दूध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा, बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारबाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने उनको भनाइ छ । अभियानले एउटा गाईका लागि दिनको २० रूपैयाँ छुट्याएर वार्षिक सात हजार दुईसय रूपियाँ दिए किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना ल्याएको छ । भने, त्यही भएका गाईका लागि सहयोग दिन चाहनेले पनि रकम दान दिने गरेका छन् । सहयोगी मनहरूले दिएको पिठो, चनालगायत र आर्थिक सहयोगको भरमा त्यहाँ राखिएका गाई, बाच्छा, साढेंलाई दाना, पानीको व्यवस्था हुँदै आएको छ । गाईको अन्त्येष्टिका लागि ठाउँ अभाव व्यवस्थित गोठको अभावमा विजोग गाई, बाच्छा, साढें मरे त्यसको अन्त्येष्टिका लागि ठाउँको अभाव छ । गाई मरे रातारात पन्ध्र किलोमिटरसम्म टाढा पु¥याएर गाड्नुपर्ने बाध्यता छ । मानिसका लागि हरेक समुदायका लागि घाट बन्छन्, गाई, बाच्छा साढें मरे अन्त्येष्टि गर्ने ठाउँ नहुँदा १५ देखि २० हजारसम्म खर्च गरेर दुःख पाउनुपरेको न्यौपानेले बताए । ‘छाडा पशुपक्षीका लागि राज्यले छुट्टयाएको रकम कहाँ जान्छ’ भन्ने प्रश्न गर्दै अध्यक्ष न्यौपानेले उपचार खर्च त्यत्तिकै महँगो भएको र कतिपय अवस्थामा एउटै वयस्क गाईलाई ८० हजारदेखि एक लाख रूपियाँसम्म उपचार खर्च लाग्ने बताएका छन् । काठमाडौं र काभ्रेका बेथानचोक र नमोबुद्धमा पनि अभियानले छाडा गाईको संरक्षणका लागि गौशाला सञ्चालन गरिरहेका छ । काठमाडौंमा १४ जना र काभ्रेमा ७ जना सहयोगीहरू कार्यरत रहेका छन् । गौशालाका गाईका दूध, गोबर र गहुँत पुजालगायत धार्मिक संस्कारका लागि लिन आउँछन् । ति सामग्री लिन आउने दान पेटिकामा रकम राखेर लैजाने गरेका छन् । – प्रशिक्षार्थी पत्रकार
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत सोमबार, असार ९, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP