Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • काठमाडौं कोरोनाको ‘हटस्पट’
काठमाडौं कोरोनाको ‘हटस्पट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ४, २०७८
images
Hardik health
काठमाडौं– सोमबार मुलुकभर कुल ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्र ३ हजार ९३९ जना नयाँ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकभर थप भएका संक्रमितमध्ये करिब दुई तिहाई काठमाडौं उपत्यकामा मात्र थपिएका हुन् । मन्त्रालयको अनुसार काठमाडौंमा २ हजार ९४३, भक्तपुर २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा १४ हजार १४ नमुनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् । त्यसअघि आइतबार देशभरमा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै थिए । १२ हजार ५६२ नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितमध्ये ३ हजार ३४७ जना काठमाडौं उपत्यकाका थिए । उपत्यकामा पनि सबभन्दा धेरै २ हजार ५४५ जना काठमाडौंका, भक्तपुरका ३२८ र ललितपुरका ४७४ जना थिए । पछिल्लो एकहप्ताको तथ्यांकले मुलुकभर थपिएका नयाँ संक्रमितमध्ये झण्डै दुई तिहाईको हाराहारीमा काठमाडौं उपत्यकाको मात्र रहेको देखाउँछ । यी तथ्यांकले कोरोना महामारीको तेस्रो लहर सुरु हुनलाग्दा काठमाडौं उपत्यका ‘हटस्पट’ बन्दै गएको देखाउँछ । चिकित्सकहरूले कोरोनाको सम्भावित तेस्रो लहरले काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार पहिलो लहरमा वीरगन्ज संक्रमणको हटस्पट बनेको थियो । दोस्रोमा बाँकेको नेपालगञ्ज । तर, तेस्रो लहरमा काठमाडौं उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गएको देखिएको उनको भनाइ छ । ओमिक्रोन बढी संक्रामक भाइरस भएको र जनघनत्वको हिसाबले सबभन्दा घना सहर उपत्यका भएकाले पनि काठमाडौंबाट फैलिएको उनको भनाइ छ । जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालनामा बेवास्ता हुँदा संक्रमण तीव्र रुरूमा फैलिएको डा. पुनको भनाइ छ । काठमाडौंमा विभिन्न राजनीतिक दलको सम्मेलनका कारण भीडभाड बढ्न जाँदा ओमिक्रोनको संक्रमण ‘साइलेन्स’ रुरूमा फैलिएको हुन सक्ने उनी बताउँछन् । पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरूलाई नै संक्रमण देखिनुले पनि राजनीतिक दलको सभा–सम्मेलनमै संक्रमण साइलेन्स रुरूमा घुमिरहेको थियो भन्ने पुष्टि गरेको डा. पुनले बताए । चिसो मौसमका कारण रुघाखोकीजस्ता लक्षण देखिएको भनेर परीक्षण नगर्दा पनि संक्रमण भित्रभित्रै फैलन सक्ने उनको तर्क छ । ओमिक्रोनको लक्षण डेल्टाको भन्दा केही भिन्न छ । डेल्टाले सिधै फोक्सोमा इन्फेक्सन गराउँथ्यो । जसले गर्दा संक्रमितलाई असहज भएर अस्पतालसम्म जानुपर्ने बाध्यता हुन्थ्यो । तर, मौसम परिवर्तन हुँदा देखा पर्नेजस्ता लक्षण ओमिक्रोनले गराउने भएका कारण पनि धेरैले समयमा परीक्षण गराएनन्, जसले भित्रभित्र संक्रमण फैलिएर संक्रमण दर बढेको हुनसक्ने बताइएको छ । बुस्टर डोज सुरु सरकारले काठमाडौंका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ । तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर) काम गर्नेहरूलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काङ्खलेले जानकारी दिएका छन् । ८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन सुरु गरिएको काङ्खलेले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP