Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोप लगाउने दर बढ्दै
खोप लगाउने दर बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ३, २०७८
Hardik health
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना संक्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिए । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसंख्या २२ लाख ८३ हजार ३८८ जनाको ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेका छन् । संक्रमणदर उकालो लागेपछि खोप लगाउने र नमूना परीक्षण गराउन नागरिकले चासो राखेसँगै खोप लगाउने दर पनि बढेको देखिएको हो । ‘खोप केन्द्रमा केही समय अघिसम्म मुस्किलले दिनमा १०/१५ जनामात्रै खोप लगाउन आउँथे’, जोशीले भने, ‘कोरोना बढेसँगै हाल प्रदेशभरि दैनिक १५ देखि २० हजारले खोप लगाइरहेका छन् ।’ बाह्रदेखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरूलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ । खोप उपलब्धताको हिसाबमा हाल कुनै समस्या नरहेको बताइएको छ । खोपप्रति मान्छेको आकर्षण घट्दै गएको तथा खोप लगाउन आवश्यक पर्ने सिरिन्जको अभावसमेत देखिएपछि खोपको काम बीचमा केही सुस्त देखिएको थियो । पूर्ण मात्राको खोप पाएर छ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोजको खोप दिने तयारी थालिएको छ । पहिलो चरणमा माघ ४ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई यो खोप दिने तयारी छ । माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्षमाथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ । प्रदेशमा भेरोसेल खोपको दुई लाख ४० हजार मात्र र कोभिशिल्ड खोपको ८० हजार मात्रा केन्द्रसँग माग गरिएको छ । मोडर्नाको दोस्रो मात्रा खोप लगाउन दुई लाख ३५ हजार मात्रा मगाइएको खोप सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । भारतबाट भित्रिनेहरूलाई सीमानाकामै एन्टिजेन परीक्षणपश्चात एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । निर्देशनालयका कोभिड–१९सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ला दिनमा प्रदेशमा खोप अभियान तीव्र बनेको बताए । संक्रमणदर एकाएक उकालो लागेसँगै नमूना परीक्षण गराउन आउनेको पनि चाप बढेको छ । निर्देशालयको तथ्यांकअनुसार गएको छ दिनमा १० हजार ६९५ जनाको नमूना परीक्षण गरिएकामा एक हजार ५९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितको यो संख्या नमूना परीक्षण गरिएकाको झण्डै १५ प्रतिशत हो । प्रदेशमा संक्रमित हुनेमध्ये अधिकांश भारतबाट भित्रिनेहरू रहेका छन् । अस्पतालका शय्या संक्रमित बिरामीले भरिन थालेका छन् । संक्रमण भई अवस्था जटिल भएका कतिपय बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । सीमानाका हुँदै भारतबाट फर्किनेहरूका उचितरूपमा व्यवस्थापन नभइरहँदा यसको संक्रमण फैलिएको बताइएको छ । संक्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमी–कमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ । सीमाबाट भित्रिनेहरूको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुनसकेको छैन । कैलाली र कञ्चनपुरमा एक– एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो । हालकै गतिमा भइरहेको कोरोना संक्रमणदर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ । यसैबीच कोरोना भाइरसबाट संक्रमित बाजुरा खप्तड छेडेदह गाउँपालिकाका ५२ वर्षीय पुरुषको आइतबार होमआइसोलेशनमै मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले गएको २४ घण्टामा प्रदेशमा थप १८४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०२:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP