Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोप लगाउने दर बढ्दै
खोप लगाउने दर बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ३, २०७८
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना संक्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिए । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसंख्या २२ लाख ८३ हजार ३८८ जनाको ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेका छन् । संक्रमणदर उकालो लागेपछि खोप लगाउने र नमूना परीक्षण गराउन नागरिकले चासो राखेसँगै खोप लगाउने दर पनि बढेको देखिएको हो । ‘खोप केन्द्रमा केही समय अघिसम्म मुस्किलले दिनमा १०/१५ जनामात्रै खोप लगाउन आउँथे’, जोशीले भने, ‘कोरोना बढेसँगै हाल प्रदेशभरि दैनिक १५ देखि २० हजारले खोप लगाइरहेका छन् ।’ बाह्रदेखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरूलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ । खोप उपलब्धताको हिसाबमा हाल कुनै समस्या नरहेको बताइएको छ । खोपप्रति मान्छेको आकर्षण घट्दै गएको तथा खोप लगाउन आवश्यक पर्ने सिरिन्जको अभावसमेत देखिएपछि खोपको काम बीचमा केही सुस्त देखिएको थियो । पूर्ण मात्राको खोप पाएर छ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोजको खोप दिने तयारी थालिएको छ । पहिलो चरणमा माघ ४ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई यो खोप दिने तयारी छ । माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्षमाथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ । प्रदेशमा भेरोसेल खोपको दुई लाख ४० हजार मात्र र कोभिशिल्ड खोपको ८० हजार मात्रा केन्द्रसँग माग गरिएको छ । मोडर्नाको दोस्रो मात्रा खोप लगाउन दुई लाख ३५ हजार मात्रा मगाइएको खोप सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । भारतबाट भित्रिनेहरूलाई सीमानाकामै एन्टिजेन परीक्षणपश्चात एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । निर्देशनालयका कोभिड–१९सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ला दिनमा प्रदेशमा खोप अभियान तीव्र बनेको बताए । संक्रमणदर एकाएक उकालो लागेसँगै नमूना परीक्षण गराउन आउनेको पनि चाप बढेको छ । निर्देशालयको तथ्यांकअनुसार गएको छ दिनमा १० हजार ६९५ जनाको नमूना परीक्षण गरिएकामा एक हजार ५९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितको यो संख्या नमूना परीक्षण गरिएकाको झण्डै १५ प्रतिशत हो । प्रदेशमा संक्रमित हुनेमध्ये अधिकांश भारतबाट भित्रिनेहरू रहेका छन् । अस्पतालका शय्या संक्रमित बिरामीले भरिन थालेका छन् । संक्रमण भई अवस्था जटिल भएका कतिपय बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । सीमानाका हुँदै भारतबाट फर्किनेहरूका उचितरूपमा व्यवस्थापन नभइरहँदा यसको संक्रमण फैलिएको बताइएको छ । संक्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमी–कमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ । सीमाबाट भित्रिनेहरूको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुनसकेको छैन । कैलाली र कञ्चनपुरमा एक– एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो । हालकै गतिमा भइरहेको कोरोना संक्रमणदर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ । यसैबीच कोरोना भाइरसबाट संक्रमित बाजुरा खप्तड छेडेदह गाउँपालिकाका ५२ वर्षीय पुरुषको आइतबार होमआइसोलेशनमै मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले गएको २४ घण्टामा प्रदेशमा थप १८४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०२:५४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP