Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना बढेपछि उपत्यकामा कडाइ
कोरोना बढेपछि उपत्यकामा कडाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३०, २०७८
Hardik health
काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकका तीन जिल्लामा कडाइ गर्न थालिएको छ । कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूसमेत बढ्न थालेपछि स्थानीय प्रशासनले भिडभाडमा कडाइ गर्न थालेको हो । अन्य भेरियन्टभन्दा निकै बढी संक्रामक ओमिक्रान समुदायस्तरमै फैलिएको आशंका गरिएको छ । त्यसैले कोरोनो भाइरसको संक्रमण न्यूनिकरण तथा रोकथामका लागि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको हो । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमितको संख्या उकालो लागेको भन्दै काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो । काठमाडौं धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको संख्या बढी छ । साथै पछिल्लो समय कोरोनाको इपिसेन्टर काठमाडौं बनेकाले पनि आवश्यक सतर्कता अपनाउन थालिएको हो । काठमाडौं महानगरपालिकाले संक्रमणदर पनि बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउन र सावधानी अपनाउनका आग्रह गरेको छ । यससम्बन्धमा सबैलाई सजग बनाउनका लागि ३२ वटै वडाका विभिन्न स्थानमा माइकिङ गर्नेजस्ता काम सुरु गर्न थालेको छ । माइकिङमार्फत मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भिडभाड नगर्न पनि आह्वान गरिएको छ । महानगरपालिकाको आग्रहलाई बेवास्ता गरी संक्रमण बढाउन सहयोग गरे थप कारबाही गर्ने काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य विभागका हेल्थ असिस्टेन्ट ऋषि भुसालले जानकारी दिएका छन् । उनले कोरोना नियन्त्रणका लागि राजनीतिक दलले पनि भौतिकरूपमा हुने गतिविधि कम गर्नुपर्ने बताएका छन् । त्यस्तै, नागरिकले आङ्खनो जनजीवनमा पनि केही परिमार्जन गर्नुपर्ने, अन्यथा नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । उता भक्तपुरमा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको बेला भक्तपुरमा संक्रमण फैलन नदिन कडाइ गर्न थालिएको हो । कोरोना भाइरस संक्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गर्दै बुधबारदेखि माइकिङ पनि सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गर्दै जिल्लाभर माइकिङ सुरु गरिएको हो । त्यस्तै, भक्तपुर प्रशासनले घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरिएको जानकारी दिँदै मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गरिएको बताएकी छन् । उनले सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने बताएकी छन् । प्रजिअ शर्माले भनिन्, ‘सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छाैँ ।’ जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिएकी छन् । संकट समाधानका लागि सबै अस्पताललाई तयारी अवस्थामा राखिएको भक्तपुर प्रशासनले जनाएको छ । भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । चाँगुनारायणमा तीन, सूर्यविनायकमा आठ र अन्यमा चार नयाँ संक्रमित थपिएका छन् । भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ । जिल्लामा १८५ सक्रिय संक्रमित छन् । हालसम्म दुई लाख ३३ हजार ७५१ जनाले खोप लगाएको मिजारले जानकारी दिए । भक्तपुर नगरपालिकामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नगरपालिकामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP