Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विद्यालय बन्द नगर्न आग्रह
विद्यालय बन्द नगर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २९, २०७८
images
काठमाडौं– कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको भन्दै देशभरको सबै विद्यालय बन्द गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । विद्यालय बन्द गरिदा बालबालिकाको सिकाइ कार्य प्रभावित भएको छ । कोरोना महामारीकै कारण यस वर्ष शैक्षिक सत्र ढिलो गरी सुरु गरिएको थियो । अन्य वर्ष बैशाखमै शैक्षिक सत्र सुरु हुने गरे पनि यस वर्ष असारदेखि मात्रै शैक्षिक सत्र सुरु भएको थियो । अर्कोतर्फ कोरोना महामारीको दोस्रो लहरका कारण लामो समय सिकाइ कार्य प्रभावित भएको थियो । महामारीका बेला भौतिक उपस्थितिमा हुने पठनपाठन कार्य स्थगित गरी अनलाइनमार्फत शिक्षण कार्य अगाडि बढाइएको थियो । तर, अनलाइन मार्फत गरिएको सिकाइ कार्य प्रभावित हुन नसकेको गुनासो पनि व्याप्त छ । सहरी क्षेत्रमा अनलाइनमार्फत पढाइए पनि ग्रामिण इलाकामा इन्टरनेट र मोबाइल, ल्यापटपजस्ता विद्युतीय सामग्री उपलब्ध नहुँदा विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुन सकेनन् । कोरोना महामारीका कारण विद्यार्थीको पढाइ प्रभावित भएकै परिस्थितिमा पुनः तेस्रो लहर सुरु हुन लागेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले वैकल्पिक माध्यमबाट सिकाई कार्यको सुनिश्चितता नगरी विद्यालय बन्द गर्न नहुने मत राखेका हुन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा विद्यालय बन्द गराउने निर्णय गरेको थियो । बालबालिकाहरू लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरूलाई महासंघले आग्रह गरेको छ । सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासंघले माग गरेको छ । भक्तपुरमा ६ हजार विद्यार्थीलाई खोप सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन थालिएको हो । भक्तपुरमा गत आइतबारदेखि खोप दिन थालिएको हो । भक्तपुरमा बुधबारसम्म करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मंगलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मंगलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताएका छन् । भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP