Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • विद्यालय बन्द नगर्न आग्रह
विद्यालय बन्द नगर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २९, २०७८
images
Hardik health
काठमाडौं– कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको भन्दै देशभरको सबै विद्यालय बन्द गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । विद्यालय बन्द गरिदा बालबालिकाको सिकाइ कार्य प्रभावित भएको छ । कोरोना महामारीकै कारण यस वर्ष शैक्षिक सत्र ढिलो गरी सुरु गरिएको थियो । अन्य वर्ष बैशाखमै शैक्षिक सत्र सुरु हुने गरे पनि यस वर्ष असारदेखि मात्रै शैक्षिक सत्र सुरु भएको थियो । अर्कोतर्फ कोरोना महामारीको दोस्रो लहरका कारण लामो समय सिकाइ कार्य प्रभावित भएको थियो । महामारीका बेला भौतिक उपस्थितिमा हुने पठनपाठन कार्य स्थगित गरी अनलाइनमार्फत शिक्षण कार्य अगाडि बढाइएको थियो । तर, अनलाइन मार्फत गरिएको सिकाइ कार्य प्रभावित हुन नसकेको गुनासो पनि व्याप्त छ । सहरी क्षेत्रमा अनलाइनमार्फत पढाइए पनि ग्रामिण इलाकामा इन्टरनेट र मोबाइल, ल्यापटपजस्ता विद्युतीय सामग्री उपलब्ध नहुँदा विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुन सकेनन् । कोरोना महामारीका कारण विद्यार्थीको पढाइ प्रभावित भएकै परिस्थितिमा पुनः तेस्रो लहर सुरु हुन लागेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले वैकल्पिक माध्यमबाट सिकाई कार्यको सुनिश्चितता नगरी विद्यालय बन्द गर्न नहुने मत राखेका हुन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन नेपाल सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ । मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा विद्यालय बन्द गराउने निर्णय गरेको थियो । बालबालिकाहरू लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरूलाई महासंघले आग्रह गरेको छ । सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासंघले माग गरेको छ । भक्तपुरमा ६ हजार विद्यार्थीलाई खोप सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन थालिएको हो । भक्तपुरमा गत आइतबारदेखि खोप दिन थालिएको हो । भक्तपुरमा बुधबारसम्म करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मंगलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मंगलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताएका छन् । भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP