Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ईशनाथ नगरपालिकामा अनियमितता मौलाउँदै
ईशनाथ नगरपालिकामा अनियमितता मौलाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २८, २०७८
Ishanat municipality
रौतहट– रौतहट जिल्लाको ईशनाथ नगरपालिका जनप्रतिनिधिको समयसीमा सकिनै लाग्दा विवादित बन्दै गएको छ । सो पालिकामा कार्यरत कर्मचारीदेखि निर्वाचित जनप्रतिनिधिहरू नै आर्थिक स्वार्थमा लिप्त हुन थालेपछि पालिकामा दिगो विकास हुनुको साटो अनियमितता र भ्रष्टाचारले जडो गाडेको छ । गत आर्थिक वर्षको मसान्त भएको पालिकाको लेखा परीक्षणले पनि सो पालिकामा विभिन्न ६ दर्जन भन्दाबढी शीर्षकमा अनियमितता र अपारदर्शिता रहेको महालेखा परीक्षणको कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनबाट देखापरेको छ । ईशनाथ नगरपालिकामा अनियमितता र भ्रष्टाचार मौलाउनुको मुख्य कारण सो पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता र लेखापाल मनोज ठाकुर रहेको स्थानीयले बताएका छन् । ईशनाथ नगरपालिकाका लेखापाल ठाकुरले बिनाकमिसन कुनै पनि भुक्तानी नगर्ने गरेको एक जनप्रतिनिधि कै आरोप रहेको छ । विकास निर्माणको योजनामा दशदेखि पन्ध्र प्रतिशत कमिसन नदिएसम्म कागज अपुग रहेको, अनुगमन प्रतिवेदन नरहेको तथा खातामा पैसा नै नरहेको भनी लेखापालले आलटाल गर्ने गरेको जनप्रतिनिधिहरू कै आरोप छ । त्यस्तै समाजिक विकासअन्तर्गत संचालन हुने विभिन्न तालिम गोष्ठीहरूको भुक्तानीमा समेत ठाकुरले मनग्य कमिसन लिने गरेको स्रोतको दाबी रहेको छ । आर्थिक वर्ष ०७७/७८ र आ.व ०७८/७९ मा संचालन नै नभएको दर्जनाँ तालिमहरूको फाइल लेखापाल ठाकुरको मिलेमतोमा भुक्तानी भएको स्रोतले जनाएको छ । विभिन्न सीपमूलक तथा आय आर्जनसँग सम्बन्धित दर्र्जनौँ तालिम गोष्ठीको नाममा सो पालिकाले ३० लाखभन्दा बढी रकम दुई आार्थिक मसान्तमा भुक्तानी गरी अनियमितता गरेको स्रोतको दाबी रहेको छ । कागज मै तालिम गोष्ठीको भुक्तानी सम्बन्धि प्रमाणसमेत फेला परेको छ । ईशनाथ नगरपालिकामा हाजिर भएदेखि नै लेखापाल ठाकुरको विलासिता पनि दोब्बर भएको छ । ईशनाथमा जिम्मेवारी सम्हालेपछि ठाकुरले सदरमुकाम गौरमा रहेको एक तल्ले घरलाई थपेर तीनतले बनाएका छन् भने आम्दनीको स्रोत र खर्चभन्दा चार गुणा सम्पत्ति जोडेको स्रोतले जनाएको छ । नाम प्रकाशित नगर्ने सर्तमा एक कर्मचारीका अनुसार ठाकुरले भुक्तानी गर्दा आङ्खना लागि छुट्टैबाट केही भाग कमिसन लिने गरेका छन् । ईशनाथ नगरपालिकाका लेखापाल ठाकुरको सम्पत्ति छानबिन गर्न तथा उनले गरेको भुक्तानीबारे छानबिन गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP