Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #रवि थुनामै
  • #भूमि विधेयक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १५ माघसम्म विद्यालय बन्द
१५ माघसम्म विद्यालय बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २७, २०७८
images
काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै भएपछि सरकारले आगामी १५ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले शिक्षण संस्थाहरू बन्द गरिनुपर्ने सुझाव दिएपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएका छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । पछिल्लो दिनमा कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको संक्रमणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी बिदा दिइएको उनले बताए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निर्धारित परीक्षाका कार्यक्रम भने नरोकिने उल्लेख छ । मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आङ्खना बालबालिकालाई पठाउन पनि अनुरोध गरेको छ । बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी ‘जेड’ आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ । काठमाडौं र ललितपुरमा बालबालिकालाई खोप कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बालबालिकालाई पनि खोप दिन थालिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बालबालिकालाई खोप दिन थालिएको हो । अभियानकै रूपमा सुरु भएको खोप कार्यक्रम भक्तपुरमा आइतबारदेखि नै सुरु भएको छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि खोप कार्यक्रम सुरु गरिने छ । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय प्रमुख शम्भु काङ्खलेका अनुसार बालबालिकाहरूले विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् । काठमाडौंमा करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । विद्यालयबाट प्राप्त संख्याभन्दा १० प्रतिशत बालबालिका थप हुने अपेक्षा स्वास्थ्य कार्यालयले गरेको छ । उनले यो संख्या विद्यालयले पठाएको विवरण अनुसारको भएको जानकारी दिँदै विद्यालय बाहिर अर्थात् विभिन्न गुम्बा, विद्यापिठहरूका तथ्यांक नभएकोले १० प्रतिशत बालबालिका थप हुन्छ भन्ने अनुमान गरिएको बताए । तीन लाख बालबालिकालाई पुग्ने खोपलगायतका आवश्यक सामग्री खोप केन्द्रहरूमा पठाउने उनले बताए । खोप केन्द्र तोक्नको लागि भने कार्यलयले स्थानीय तहलाई नै जिम्मेवारी दिएको उनको भनाइ छ । ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । उनले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र रहने र सोभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकैको अर्को खोप केन्द्र रहेको विद्यालयमा गएर खोप लगाउन सक्ने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत सोमबार, असार ९, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP