Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १५ माघसम्म विद्यालय बन्द
१५ माघसम्म विद्यालय बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २७, २०७८
images
Hardik health
काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै भएपछि सरकारले आगामी १५ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले शिक्षण संस्थाहरू बन्द गरिनुपर्ने सुझाव दिएपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएका छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । पछिल्लो दिनमा कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको संक्रमणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी बिदा दिइएको उनले बताए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निर्धारित परीक्षाका कार्यक्रम भने नरोकिने उल्लेख छ । मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आङ्खना बालबालिकालाई पठाउन पनि अनुरोध गरेको छ । बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी ‘जेड’ आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्नसमेत सुझाएको छ । काठमाडौं र ललितपुरमा बालबालिकालाई खोप कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बालबालिकालाई पनि खोप दिन थालिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बालबालिकालाई खोप दिन थालिएको हो । अभियानकै रूपमा सुरु भएको खोप कार्यक्रम भक्तपुरमा आइतबारदेखि नै सुरु भएको छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि खोप कार्यक्रम सुरु गरिने छ । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय प्रमुख शम्भु काङ्खलेका अनुसार बालबालिकाहरूले विद्यालयमै गएर फाइजर खोप लगाउन सक्नेछन् । काठमाडौंमा करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ । विद्यालयबाट प्राप्त संख्याभन्दा १० प्रतिशत बालबालिका थप हुने अपेक्षा स्वास्थ्य कार्यालयले गरेको छ । उनले यो संख्या विद्यालयले पठाएको विवरण अनुसारको भएको जानकारी दिँदै विद्यालय बाहिर अर्थात् विभिन्न गुम्बा, विद्यापिठहरूका तथ्यांक नभएकोले १० प्रतिशत बालबालिका थप हुन्छ भन्ने अनुमान गरिएको बताए । तीन लाख बालबालिकालाई पुग्ने खोपलगायतका आवश्यक सामग्री खोप केन्द्रहरूमा पठाउने उनले बताए । खोप केन्द्र तोक्नको लागि भने कार्यलयले स्थानीय तहलाई नै जिम्मेवारी दिएको उनको भनाइ छ । ललितपुरले पनि मंगलबारदेखि ६ वटै स्थानीय तहका बालबालिकालाई फाइजर खोप दिने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार ७१ हजार ३०१ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । उनले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र रहने र सोभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीले नजिकैको अर्को खोप केन्द्र रहेको विद्यालयमा गएर खोप लगाउन सक्ने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०३:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP