Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कोरोना महामारीः तेस्रो लहरको संकेत तीन महिनायताकै उच्च संक्रमण
कोरोना महामारीः तेस्रो लहरको संकेत तीन महिनायताकै उच्च संक्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २३, २०७८
Hardik health
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेको बेला बिहीबार संक्रमितको संख्या बढेको छ । मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको विवरणअनुसार बिहीबार तीन महिना यताकै उच्च संक्रमण देखिएको हो । बिहीबार थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनाको नमुना परीक्षण गरिएको थियो । सात हजार २०९ जनाले पिसिआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ । कुलमा संक्रमण दर १६ दशमलव नौ प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घन्टामा एक लाख २० हजार ६५३ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३१ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा १४ र आइसियुमा ७९ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार ६९, संस्थागत आइसोलेसनमा ३६२ र क्वारेन्टाइनमा ११३ रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर कम भएपछि यतिको संख्यामा संक्रमित थपिएको थिएन । आजको दैनिक संक्रमणदर ५ प्रतिशत पुगेको छ । बिहीबार पुष्टि भएको संक्रमण गत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५८२ संक्रमण पुष्टि भएको थियो । त्यसयता संक्रमितको संख्या कम हुँदै आएको थियो । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ । निकै संक्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ । पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा बिस्तारै कोरोनाको संक्रमण दर उकालो लाग्न थालेको छ । यो हप्ताको सुरुवातमा संक्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ । १२ पुसमा १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन सक्रिय संक्रमितको संख्या ५ हजार २२५ थियो । यस्तै २० पुसमा ९ हजार ३२९ जनाको परीक्षणमा ३९३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार २० पुसमा संक्रमितको संख्या ५ हजार ९४ छ । १९ पुसमा १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो ।उक्त दिन ५ हजार ५ जना सक्रिय संक्रमित रहेका थिए । यस्तै, १८ पुसमा ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ९७१ जना सक्रिय संक्रमित रहेका थिए । बितेको ५ दिनमा संक्रमण दर १.६३ प्रतिशतले बढेको पाइएको छ । यो तथ्यांकअनुसार आगामी दिनमा संक्रमण दर बढ्न सक्ने देखिएको छ । तेस्रो लहरको संकेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ । हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर, आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयले यस विषयमा ¥यापिड एक्सन प्लान तयार गरिरहेको छ । उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरूमा वेड र अक्सिजनसमेत अभाव भएको थियो । अमेरिकामा हाल दैनिक १० लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् । भारतमा पनि संक्रमण दर बढ्दै गएको छ । मन्त्रालयका अधिकारीहरूका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ । अर्को लहर आउने विश्लेषण गरेको मन्त्रालयले सबै निकायलाई सतर्क रहन निर्देशन दिएको छ । मन्त्रायले स्थानीय तह, स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले निर्देशन दिइसकेको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले ¥यापिड एक्सन प्लान तयारी भइरहेको बताएकी छन् । ‘भारतमा कोरोना फैलिएपछि पहिलो र दोस्रो लहरले केही समयमा नेपालमा फैलिएको पाइएको थियो,’ उनी भन्छिन्, ‘अहिले पनि यस्तै हुनसक्छ । त्यस कारणले हामीले सबै निकायलाई ‘अलर्ट’ रहन सुझाव दिएका छौँ ।’
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०३:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP