Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मेडिकल कलेजमा अतिरिक्त शुल्क विवाद विद्यार्थीहरू आन्दोलनमा
मेडिकल कलेजमा अतिरिक्त शुल्क विवाद विद्यार्थीहरू आन्दोलनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
download
Hardik health
काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै देशभरका मेडिकल विद्यार्थीहरू कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजहरूले होस्टेल र मेसको नाममा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरू त्यसविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । चिकित्सा शिक्षा आयोगले पनि विद्यार्थीलाई उक्त शुल्क अनिवार्य नगर्न मेडिकल कलेजहरूलाई निर्देशन दिइसकेको छ । तर, कलेजले उक्त शुल्क अनिवार्य गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी)मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययरत विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका छन् । केएमसीका विद्यार्थीहरूले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार प्रदर्शन गरेका छन् । केएमसीमा एमबिबिएस, बिडिएस र बिएनएस अध्ययनरत विद्यार्थीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘आयोगको नियम कार्यान्वयन गर, अतिरिक्त शुल्क खारेज गर, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीको भविष्य सुनिश्चित गर’जस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका थिए । मणिपालले फिर्ता गर्ने पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ । कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले २० मंसिरमा कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच शुल्क फिर्ता गर्ने सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ । बुधबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष राजेश गुरुङ, विद्यार्थीहरू रितेशकुमार यादव र अनिल महतोको रोहबरमा प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनबीच सहमति भएको हो । मणिपालले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुका साथै कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको वार्तामा सहभागी विद्यार्थीहरूले बताएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीसँग लिइसकेको अतिरिक्त शुल्क अर्को वर्षको शुल्कमा मिलान गर्ने सहमति जनाएको छ । ‘लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्षको शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न प्रतिबद्ध छौँ,’ सहमतिपत्रमा भनिएको छ । अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले एक महिना लामो आन्दोलनपछि विद्यार्थीको हकअधिकार फिर्ता ल्याउन सकेको दाबी गरेका छन् । यसबीचमा प्रशासनसँग पटक–पटक वार्तामा बसेको जानकारी दिँदै उनले सहमतिको टुंगोमा पुग्न नसकेको बताए । तर, बुधबारको वार्तामा कलेज प्रशासन विद्यार्थीको माग पूरा गर्न तयार भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रूपैयाँ तोकेको छ । तर, मणिपालले भने होस्टल, सेक्युरिटीलगायतका नाममा ६ लाख रूपैयाँसम्म बढी असुल गरेको विद्यार्थीहरूको भनाइ छ । विभिन्न मेडिकल कलेजले होस्टल अनिवार्य गर्नेलगायत विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाइरहेका छन् । चिकित्सा शिक्षा आयोगले ९ पुसमा एक सूचना जारी गरेर होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरूलाई आग्रह गरेको छ । (प्रशिक्षार्थी पत्रकार)
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०३:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP