Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सतर्कता अपनाउन आग्रह
सतर्कता अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १९, २०७८
Hardik health
काठमाडौं– विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्लाई नै आक्रान्त पारिरहेको छ । निकै संक्रामक यस भेरियन्ट विश्वका सबैजसो मुलुकमा देखा परिसकेको छ । पछिल्लोसमय युरोपियन मुलुक र अफ्रिका महादेशका मुलुकहरूमा यसको प्रकोप निकै डरलाग्दो अवस्थामा रहेको छ । विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको ओमिक्रोनका संक्रमण छिमेकी मुलुक भारतमा पनि तीव्र गतिमा फैलिरहेको छ । अबको एक महिनाभित्रमा भारतमा पनि यसको संक्रमण उच्च गतिमा पुग्ने अनुमान गरिएको छ । नेपालमा पनि हालसम्म तीन जनामा यसको संक्रमणल पुष्टि भइसकेको छ । दोस्रोपटक फैलिएको महामारीको कारण नेपालमा पनि जनजीवन निकै प्रभावित भएको थियो । पुनः ओमिक्रोनको संक्रमणका कारण नेपालमा तेस्रोपटक महामारीको रूप लिनसक्ने अनुमान भइरहेको छ । सरकारले सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न आग्रह गरे पनि अधिकांशले बेवास्ता गर्दै आइरहेका छन् । सरकारले आवश्यक सतर्कताको उपाय अपनाउन थालेकै छ । यस्तैमा स्थानीय तहहरूलाई पनि ओमिक्रोनको संक्रमणका कारण आउनसक्ने परिस्थितिको बारेमा आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको हो । महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्न भनिएको हो । महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशनालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ । महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेसन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका संक्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ । घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ । आइतबार २१६ संक्रमित थप देशभर पछिल्लो २४ घन्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा सात हजार ६३१ जनाको नमुना परीक्षण गरिएको थियो । उक्त अवधिमा २०९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या ८ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । कुलमा संक्रमण दर १७ प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घन्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या चार हजार ९७१ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसंख्यामा मृत्युदर ३८१ दशमलव सात रहेको छ । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा १९ र आइसियूमा ८३ जना रहेका छन् । होम आइसोलेसनमा चार हजार ७४७, संस्थागत आइसोलेसनमा २२४ रहेको छ । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । हाल काठमाडांैमा एक हजार चार, ललितपुर ५८९ र भक्तपुरमा ४९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP