Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • घरमै परामर्श सेवा प्रभावकारी
घरमै परामर्श सेवा प्रभावकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १६, २०७८
Hardik health
काठमाडौं– सरकारले तल्लो समुदायका व्यक्तिहरूलाई लक्षित गरी घरमै दिन थालेको सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन परामर्श सेवा प्रभावकारी देखिएको छ । सरकारले गत वैशाखदेखि विभिन्न कारणले स्वास्थ्य सस्थामा गई सेवा लिन नसक्ने विपन्न, अपांग र सिमान्तकृत समुदायलाई घरमा नै सुरक्षित गर्भपतन तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का परामर्श सेवा दिन थालेको थियो । विषेश गरेर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना महामारी तथा अन्य कारणले उक्त समुदायका व्यक्तिहरूको स्वास्थ्य संस्थासम्म पहुँच नपुग्ने भएकाले उनीहरूलाई घरमै गएर परामर्श सेवा दिन थालिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारी ः प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको अन्तरिम निर्देशिका ०७७’ जारी गर्दै सोही निर्देशिकाअनुसार घरमै परामर्श सेवा दिन थालिएको हो । विशेष गरी महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवालाई निरन्तरता दिने ध्येयले ०७७ वैशाखदेखि सो निर्देशिका कार्यान्वयमा आएको थियो । निर्देशिका अनुसार ती क्षेत्रमा टेलिफोन परामर्श तथा घरदैलो सेवा प्रदान गर्न थालिएको हो । मन्त्रालय र नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित ‘हट लाइन टेलिफोन सेवा’मा आएका मागका आधारमा ती क्षेत्रमा स्वास्थ्यकर्मीले सेवाग्राहीका घरघरमा सेवा पु¥याउँदै आएका छन् । यसबाट विशेष गरी परिवार नियोजनका साधनमा पहुँच अभिवृद्धि गर्न र सुरक्षित गर्भपतनलाई निरन्तरता दिन काशेढुंगाको काम गरेको सेवा प्रदायकको दाबी छ । अहिले पनि ती सेवा जारी नै रहेको बताइएको छ । महामारीका समयमा सेवा लिन स्वास्थ्य संस्थासम्म जान नै चुनौतीपूर्ण हुनाका साथै अन्य विविध कठिनाइ भएकाले सरकारले घरमै परामर्श सेवा दिन थालेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा दम्पत्तिहरू सँगै बस्दा जन्मदर बढेको बताइएको थियो । उक्त कुरालाई मध्यनजर गर्दै सरकारले परिवार व्यवस्थापन (परिवार नियोजन) को बारेमा पनि परामर्श दिन थालेको थियो । परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालका अनुसार महामारीको पहिलो र दोस्रो चरणमा परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवामा केही असर पुगेको भए पनि अहिले पूर्ववत् सेवा सञ्चालन भइराखेको छ । उनले महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजन सेवा उपभोग गरी कम्तीमा दुई वर्षको गर्भान्तर गरेमा खण्डमा १० प्रतिशत शिशु र ३० प्रतिशत मातृ मृत्युदर घट्ने जनाइएको छ । मातृ तथा बालमृत्युदरमा कमी ल्याउन परिवार नियोजनका सेवामा पहुँच विस्तार अनिवार्य मानिन्छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १२५ र दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिएक हजार जीवित जन्ममा क्रमश ः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । ती लक्ष्य हासिल गर्न सरकारलाई चुनौती छ । निर्देशिकाले पहिलोपटक तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पनि सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वीकृति प्रदान गरेको थियो । ०७३ सालदेखि सूचीकृत सरकारी स्वास्थ्य संस्थामा औषधि र क्लिनिकल माध्यमबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिँदै आइएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ०७५, नियमावली ०७७ का प्रावधानअनुरूप स्वास्थ्यकर्मीलाई सो अधिकार प्रदान गरिएको जनाइएको छ । मन्त्रालयले हालै सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका ०७८ पनि कार्यान्वयनमा ल्याएको छ । हालसम्म सुरक्षित गर्भपतन सेवाका लागि ५३० स्वास्थ्य सस्था सूचीकृत भएका छन् भने त्यहाँ कार्यरत तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिम प्राप्त गरी सो सेवा प्रदान गरिराखेका जनाइएको छ । महाशाखाका अनुसार गत आर्थिक वर्षमा सुरक्षित गर्भपतनको सेवा लिनेको सफ््या ८५ हजार ४९२ रहेकामध्ये २० वर्ष मुनिका सफ््या आठ हजार २२३ रहको थियो । लकडाउनका अवधिमा २२ हजार ७६९ ले सुरक्षित गर्भपतन सेवा लिएका र तीमध्ये २० वर्षमुनिका दुई हजार २२१ रहेको जनाइएको छ । नेपालमा वार्षिकरूपमा तीन लाख २३ हजार गर्भपतन हुन्छ । तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचिकृत संस्थामार्फत हुने बताइन्छ । लकडाउनका अवधिमा एक तिहाइले गर्भपतन सेवा घटेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP