Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता
पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १४, २०७८
kumari
Hardik health
काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएको पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई श्रीपद भत्ता दिने परम्परालाई निरन्तरता दिएको छ । काठमाडौं महानगरपालिका हनुमानढोका संरक्षण कार्यक्रमले पूर्वकुमारी नौ जना, पूर्वगणेश सात जना र पूर्वभैरव आठ जनालाई श्रीपद भत्ता दिने व्यवस्थालाई निरन्तरता दिने जनाएको छ । पूर्वकुमारीलाई मासिक रु १५ हजार र पूर्वगणेश एवं भैरवलाई रु १२/१२ हजार भत्ता दिन लागिएको हो । हनुमानढोका दरबार क्षेत्रको सांस्कृतिक गतिविधिमा सहयोग गरेर योगदान दिएबापत ०६९ सालदेखि सहयोग दिन सुरु गरिएको दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले जानकारी दिएका छन् । प्रमुख शाक्यका अनुसार सुरुमा पूर्वकुमारीलाई मासिक रु १२ हजार र पूर्वगणेश एवं भैरवलाई रु आठ/आठ हजार भत्ता दिने गरिन्थ्यो । आर्थिक वर्ष ०७७÷७८ देखि सहयोग बढाएर रु १५ हजार र रु १२/१२ हजार पु¥याइएको उनले जानकारी दिएका छन् । उक्त भत्ता रकमलाई पूर्ववत अवस्थामै निरन्तरता दिन लागिएको उनको भनाइ छ । इन्द्राजात्रालगायत हनुमानढोका दरबार क्षेत्रमा हुने विभिन्न सांस्कृतिक गतिविधिमा कुमारी, गणेश र भैरवको भूमिका तोकिएको हुन्छ । बहालमा रहेकी कुमारीलाई भने मासिक रु ५० हजार भत्ता दिइन्छ । यसैगरी बहालमा रहेका गणेश र भैरवलाई रु ३०/३० हजार भत्ता दिने गरेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । पहिले वार्षिक भत्ता एकैपटक दिने गरेकामा कोरोनाकाल पछि भने छ/छ महिनामा दिन थालिएको छ । कोरोनाकालपछि हनुमानढोका दरबार क्षेत्रका पर्यटक काउन्टर बन्द भएपछि आम्दानी नभएर दुई किस्तामा भत्ता दिन थालिएको हो । महानगरपालिकासँग ऋण लिएर भए पनि पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता दिने कामलाई निरन्तरता दिइएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले बताएका छन् । कार्यक्रमको प्रमुख आय स्रोत नै हनुमानढोका क्षेत्रमा आउने पर्यटकको शुल्क हो । ०७६ साल चैतदेखि पर्यटकका लागि रोक लागेकामा गत साउनदेखि खुला गरिएको थियो । हनुमानढोका दरबार क्षेत्रको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि महानगरपालिकाले १ भदौ ०५८ देखि कार्यक्रमको सुरुआत गरेको हो । गद्दी बैठक खुला गरिँदै जिर्णोद्वार कार्य सम्पन्न भएसँगै वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि पनि खुला गरिने भएको छ । यही १६ पुसदेखि सर्वसाधारणका लागि उक्त गद्दी बैठक खुला गरिन लागेको हो । भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ । मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो । लरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ । यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् । प्रमुख खनालका अनुसार उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास लिइएको छ । जिर्णोद्वारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो । ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने उनले बताए । भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो । गद्दी बैठक काठमाडौं दरबार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन् । त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घन्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP