Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रेडक्रसका कर्मचारी आन्दोलित
रेडक्रसका कर्मचारी आन्दोलित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ७, २०७८
nepal red cross
काठमाडौं– मानवीय सेवामा खटिनुपर्ने कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नेपाल रेडक्रस सोसाइटीको दैनिक सेवा प्रभावित भएको छ । रेडक्रस तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रिएपछि दैनिक सेवा प्रभावित भएको हो । रेडक्रसले मानवीय सेवामा विभिन्न कार्य गर्दै आएको छ । बिरामीका लागि रगतको व्यवस्थापन गर्न ब्लड बैंकदेखि अन्य विपत्तिमा परेकालाई राहत तथा उद्दार कार्यमा तदारुकताका साथ काम गर्दै आएको छ । तर, उक्त संस्थामा कार्यरत कर्मचारीहरू नै आन्दोलनमा उत्रिएपछि रेडक्रसको सेवासमेत प्रभावित भएको हो । ऐन, नियम तथा नियमावली विपरीत रेडक्रसको तदर्थ समितिले कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डा. मनिता राजभण्डारीलाई अवकाश दिएपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले विभिन्न माग राखी रेडक्रसको केन्द्रीय कार्यालय परिसरमा धर्ना दिइरहेका छन् । उनीहरूले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कर्मचारी संघको नेतृत्वमा कर्मचारी संरचनाको सम्मान गर, भूतप्रभावी निर्णय खारेज गर, विधि पद्धति नभत्काऊ, कर्मचारीसम्बन्धी निर्णयमा सहभागी बनाऊ, कर्मचारी नियमावलीको सम्मान गर, कार्यादेश पालना गर, ‘चेन अफ कमाण्ड’ कायम गराऊ, उपदानका विषयमा कुरा सुनलगायत ‘प्ले कार्ड’ राखेर तालाबन्दीसहित धर्नामा बसेका छन् । उनीहरूले कार्यकारी निर्देशक ढकाल र निर्देशक डा.राजभण्डारीलाई अवकाश दिने निर्णय गर्ने रेडक्रसको तदर्थ समिति नै अवैध रहेको पनि आरोप लगाएका छन् । अवकाश दिइएका कर्मचारीको कार्यवधि बाँकी छदै अवकाश दिइएकाले आन्दोलनमा उत्रनु परेको कर्मचारी संघका अध्यक्ष विष्णु तिमल्सिनाले बताएका छन् । तदर्थ समितिको ९ पुस ०७७ मा बसेको बैठकले कार्यकारी निर्देशकको पदावधि तीन वर्ष र निर्देशकको पदावधि पाँच वर्ष तोक्ने निर्णय गरेको थियो । यो निर्णय सोसाइटीको विद्यमान ऐन, नियम र नियमावली विपरीत रहेको जनाउँदै कर्मचारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । प्रशासनले विधान एवं नियमावली विपरीतका काम नगर्नु भनी रेडक्रसलाई पत्राचार गरेको छ । तदर्थ समितिले प्रशासन कार्यालयको पत्राचार विपरीत कार्यकारी निर्देशक र एक जना निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन् । कार्यकारी निर्देशक ढकाल र निर्देशक डा.राजभण्डारीलाई तदर्थ समितिले अकस्मात अवकाशको पत्र दिएको बताइएको छ । ०७२ सालको विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा पुनस्थापन तथा यसपछि पुनः निर्माणमा कार्यकारी निर्देशक ढकालले अहं नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । रेडक्रसले विपद र यसपछि अवलम्बन गरेको पुनर्निर्माण नीतिलाई अहिले रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी)ले अनुकरण गरी विभिन्न देशमा अवलम्बन गरेको बताइएको छ । यसैगरी डा. राजभण्डारीले विशेष गरी रक्तसेवालाई अझ प्रभावकारी बनाएका थिए । तदर्थ समितिको गत २२ मंसिरमा बसेको बैठकको निर्णयले उनीहरूलाई अवकाश दिइएको हो । उच्च नेतृत्वलाई अवकाश दिएपछि सोसाइटीका सम्पूर्ण कर्मचारीले सो निर्णय फिर्ता लिन माग गर्दै हस्ताक्षर अभियानसमेत गरेका थिए । साथै संघको ब्यानरमा एक हप्तादेखि उनीहरू आन्दोलनमा उत्रेका हुन् । तदर्थ समितिले ती पदमा विज्ञापन गर्न लागेको जनाइएको छ । उच्च अदालत पाटनको आदेशअनुसार यही ३ पुसदेखि तदर्थ समिति नै अवैध भएको कर्मचारीको भनाइ छ । सरकारले १२ साउन ०७७ मा रेडक्रसको तत्कालीन कार्य समिति भंग गरी नेत्र तिमल्सिनाको अध्यक्षतामा तीन महिनामा अधिवेशन गर्ने गरी नयाँ कार्यसमिति गठन गरेको थियो । कोभिडका कारण तीन महिनामा अधिवेशन गर्न सकिएन भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर एक वर्ष म्याद थप भएको थियो । म्याद थप भएको एक वर्षमा पनि कोरोना महामारीले निषेधाज्ञा जारी भएको समय उच्च अदालतले थप गरेकामा त्यो पनि ३ पुसमा सकिएको कर्मचारी संघका अध्यक्ष तिमल्सिनाको दाबी छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०२:४९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह
एनआरएनएको आधिकारिकताबारे भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह सोमबार, असार २, २०८२
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह
एमओयुमा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई आइसीसीको आग्रह शुक्रबार, जेठ ३०, २०८२
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग
राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग सोमबार, जेठ २६, २०८२
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी
पेमा डोमा शर्पाको एनआरएनए पोर्तुगलमा उपाध्यक्षमा उम्मेदवारी शुक्रबार, जेठ २३, २०८२
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण
एनआरएनए जापानद्वारा माध्यमिक विद्यालयमा ५५ थान झोला  वितरण शुक्रबार, जेठ १६, २०८२
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत
एनआरएनएले गर्‍यो नयाँ बजेटको स्वागत शुक्रबार, जेठ १६, २०८२
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान
गैरआवासीय नेपाली संघप्रति श्रम मन्त्रालयकाे सम्मान मंगलबार, जेठ १३, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP