Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रेडक्रसका कर्मचारी आन्दोलित
रेडक्रसका कर्मचारी आन्दोलित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ७, २०७८
nepal red cross
Hardik health
काठमाडौं– मानवीय सेवामा खटिनुपर्ने कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नेपाल रेडक्रस सोसाइटीको दैनिक सेवा प्रभावित भएको छ । रेडक्रस तदर्थ समितिले विधान एवं नियमावलीविपरीत काम गरेको जनाउँदै त्यहाँ कार्यरत कर्मचारीले एक हप्ताअघिदेखि आन्दोलनमा उत्रिएपछि दैनिक सेवा प्रभावित भएको हो । रेडक्रसले मानवीय सेवामा विभिन्न कार्य गर्दै आएको छ । बिरामीका लागि रगतको व्यवस्थापन गर्न ब्लड बैंकदेखि अन्य विपत्तिमा परेकालाई राहत तथा उद्दार कार्यमा तदारुकताका साथ काम गर्दै आएको छ । तर, उक्त संस्थामा कार्यरत कर्मचारीहरू नै आन्दोलनमा उत्रिएपछि रेडक्रसको सेवासमेत प्रभावित भएको हो । ऐन, नियम तथा नियमावली विपरीत रेडक्रसको तदर्थ समितिले कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डा. मनिता राजभण्डारीलाई अवकाश दिएपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले विभिन्न माग राखी रेडक्रसको केन्द्रीय कार्यालय परिसरमा धर्ना दिइरहेका छन् । उनीहरूले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कर्मचारी संघको नेतृत्वमा कर्मचारी संरचनाको सम्मान गर, भूतप्रभावी निर्णय खारेज गर, विधि पद्धति नभत्काऊ, कर्मचारीसम्बन्धी निर्णयमा सहभागी बनाऊ, कर्मचारी नियमावलीको सम्मान गर, कार्यादेश पालना गर, ‘चेन अफ कमाण्ड’ कायम गराऊ, उपदानका विषयमा कुरा सुनलगायत ‘प्ले कार्ड’ राखेर तालाबन्दीसहित धर्नामा बसेका छन् । उनीहरूले कार्यकारी निर्देशक ढकाल र निर्देशक डा.राजभण्डारीलाई अवकाश दिने निर्णय गर्ने रेडक्रसको तदर्थ समिति नै अवैध रहेको पनि आरोप लगाएका छन् । अवकाश दिइएका कर्मचारीको कार्यवधि बाँकी छदै अवकाश दिइएकाले आन्दोलनमा उत्रनु परेको कर्मचारी संघका अध्यक्ष विष्णु तिमल्सिनाले बताएका छन् । तदर्थ समितिको ९ पुस ०७७ मा बसेको बैठकले कार्यकारी निर्देशकको पदावधि तीन वर्ष र निर्देशकको पदावधि पाँच वर्ष तोक्ने निर्णय गरेको थियो । यो निर्णय सोसाइटीको विद्यमान ऐन, नियम र नियमावली विपरीत रहेको जनाउँदै कर्मचारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । प्रशासनले विधान एवं नियमावली विपरीतका काम नगर्नु भनी रेडक्रसलाई पत्राचार गरेको छ । तदर्थ समितिले प्रशासन कार्यालयको पत्राचार विपरीत कार्यकारी निर्देशक र एक जना निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन् । कार्यकारी निर्देशक ढकाल र निर्देशक डा.राजभण्डारीलाई तदर्थ समितिले अकस्मात अवकाशको पत्र दिएको बताइएको छ । ०७२ सालको विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा पुनस्थापन तथा यसपछि पुनः निर्माणमा कार्यकारी निर्देशक ढकालले अहं नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । रेडक्रसले विपद र यसपछि अवलम्बन गरेको पुनर्निर्माण नीतिलाई अहिले रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी)ले अनुकरण गरी विभिन्न देशमा अवलम्बन गरेको बताइएको छ । यसैगरी डा. राजभण्डारीले विशेष गरी रक्तसेवालाई अझ प्रभावकारी बनाएका थिए । तदर्थ समितिको गत २२ मंसिरमा बसेको बैठकको निर्णयले उनीहरूलाई अवकाश दिइएको हो । उच्च नेतृत्वलाई अवकाश दिएपछि सोसाइटीका सम्पूर्ण कर्मचारीले सो निर्णय फिर्ता लिन माग गर्दै हस्ताक्षर अभियानसमेत गरेका थिए । साथै संघको ब्यानरमा एक हप्तादेखि उनीहरू आन्दोलनमा उत्रेका हुन् । तदर्थ समितिले ती पदमा विज्ञापन गर्न लागेको जनाइएको छ । उच्च अदालत पाटनको आदेशअनुसार यही ३ पुसदेखि तदर्थ समिति नै अवैध भएको कर्मचारीको भनाइ छ । सरकारले १२ साउन ०७७ मा रेडक्रसको तत्कालीन कार्य समिति भंग गरी नेत्र तिमल्सिनाको अध्यक्षतामा तीन महिनामा अधिवेशन गर्ने गरी नयाँ कार्यसमिति गठन गरेको थियो । कोभिडका कारण तीन महिनामा अधिवेशन गर्न सकिएन भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर एक वर्ष म्याद थप भएको थियो । म्याद थप भएको एक वर्षमा पनि कोरोना महामारीले निषेधाज्ञा जारी भएको समय उच्च अदालतले थप गरेकामा त्यो पनि ३ पुसमा सकिएको कर्मचारी संघका अध्यक्ष तिमल्सिनाको दाबी छ ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०२:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP