Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • च्याब्रुङ बजाउने तालिम सम्पन्न
च्याब्रुङ बजाउने तालिम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २, २०७८
Chaybrunf talim
Hardik health
काठमाडौं — पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याबु्रङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, संगीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको व्यावस्थापनमा प्रदेश नं. १ स्तरीय लोकबाजा च्याबु्रङ (केलाङ) बजाउने तालिम सम्पन्न भएको हो । फिदिमस्थित वरदान संगीतालयमा लिम्बू जातिको परम्परागत मौलिक लोकबाजा च्याबु्रङ बजाउने दुई हप्ते सैद्धान्तिक तथा प्रयोगात्मक तालिम मंसिर १२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । उक्त तालिम कार्यक्रममा ताप्लेजुङ, पाँचथर, तेह्रथुुमलगायतका जिल्लाबाट २२ जनाले तालिम लिएका थिए । ‘मैले वर्षौं च्याब्रुङ बजाएँ, नाचेँ तर यसबारे सैद्धान्तिक ज्ञान भने केही पनि थाहा पाएको रहेनछु । यो तालिमबाट मैले धेरै कुरा सिकेँ । पहिले बजाएको त अव्यवस्थित र अवैज्ञानिक पो रहेछ’ तालिममा सहभागी ताप्लेजुङका केबी किरातीले सुनाए । यस्तै तालिममा सहभागी तेह्रथुमकी समीक्षा थेगुवाले भनिन्, ‘हामीले सही तरिकाले च्याबु्रङ बजाउनु, नाच्नुमात्र होइन, यसको उत्पत्ति र महत्वदेखि बनाउने तरिका समेत जान्यौँ । तालिमबाट धेरै फाइदा भयो ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, संगीत विभागका प्रमुख प्राज्ञ अशोक राईको प्रत्यक्ष निगरानीमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकमा यासेली योङहाङ र वरदान सङ्गीतालयका प्रमुख बुद्ध लिम्बू इङ्वा रहेका थिए । उक्त तालिमको संघीय सांसद तथा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, प्राज्ञसभा सदस्य भूमिका सुब्बा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, संगीतज्ञ शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलागायत व्यक्तित्वले हरेक दिनको तालिमको अवलोकन तथा अनुगमन गरेका थिए । तालिममा कार्यक्रममा घटिका थेबे, समीक्षा लिम्बू, जुनु तुम्बापो, सुम्जिरी तुम्बापो, देबुबहादुर साँवा, प्रभा मेयोङ्वा, उदय नेम्वाङ, केबी किराती, कर्मचन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराकहाङ लिम्बू, महेन्द्रकुमार तुम्बापो, चन्द्रप्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योति बेघा, सुरेन्द्र सुहाङ, वीरेन्द्र लिम्बू माबो तथा लाजोहाङ लिम्बू सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP