Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • दुई सय वर्ष पुरानो दीपको जिर्णोद्वार सम्पन्न
दुई सय वर्ष पुरानो दीपको जिर्णोद्वार सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २७, २०७८
ARB_6270
Hardik health
काठमाडौं– काठमाडौं महानगरपालिका–१५ वडा लखतिर्थमा अवस्थित दुई सय वर्षभन्दा पुरानो दीप (चिहान)को पुनर्निर्माण तथा जिर्णाेद्वार सम्पन्न भएको छ । श्री अशोक विनायक गुथीको पहलमा लखतिर्थ दीप सुधार तथा जिर्णाेद्वार समितिबाट उक्त अमूल्य सम्पदा लखतीर्थ दीप (मसान)को पुनर्निर्माण तथा जिर्णाेद्वार भएको हो । मसानको पुनर्निर्माण तथा जिर्णोद्वार सम्पन्न भएको उपलक्ष्यमा एक समारोहको बीच चन्दादाता एवं सहयोग गर्ने स्थानीयहरूको नामअंकित शिलापत्र तथा संस्कृति एवं सम्पदाका विभिन्न लेख समेटेर समितिको आर्थिक विवरणसहित प्रकाशित लखतिर्थ दीप (मसान) स्मारिकाका लोकार्पण भएको छ । कामपा–१५ लखतिर्थमा अवस्थित उक्त मसान नजिकैको जगत सुन्दर ब्वनेकुथिको सभाहलमा भव्य समारोहका बीच समितिका सल्लाहकार जेष्ठ नागरिक एवं समाजसेवी सुवर्णमान डंगोलको मुख्य आतिथ्यमा बिभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई दीप संरक्षण तथा सुधार गर्ने कार्यमा हातेमालो गरेकोमा सम्मान पत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय समिति सदस्य तथा काठमाडौं–८ क्षेत्रका संघीय सांसद जीवन राम श्रेष्ठ, कामपा–१५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल सिंह, कामपा–१५ वडा सदस्य मैयाँलक्ष्मी महर्जनलगायतले आर्थिक एवं भौतिक रूपमा सहयोग गर्ने महानुभावहरूलाइ सम्मान एवं मतिनाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा जीर्णोद्धार समितिले प्रकाशन गरेको स्मारिका प्रमुख अतिथि सुवर्णमान डंगोल र संघीय सांसद जीवनराम श्रेष्ठले संयुक्त रूपमा विमोचन गरेका थिए । कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा सांसद जीवन राम श्रेष्ठले ऐतिहासिक इतिहास बोकेका सम्पदाको संरक्षण समयमा नगरे हराएर जान सक्ने बताए । ‘हामि सस्कृति र सम्पदासँग प्रत्यक्ष जोडिएका छौं । मृत्यु संस्कारको परम्परा हाम्रो संस्कारसँग जोडिएर रहेको छ । मृत्यु दाहसंस्कार गर्ने दीप –चिहान)को सम्रक्षण गर्न सके हाम्रो परम्परा जोगिन्छ ।’ श्रेष्ठले भने, ‘दीप (चिहान) लाई नयाँ बैज्ञानिक ढंगको रुपान्तरण गर्दै लजानु पर्ने समयको आवश्यकता हो ।’ मन्तब्य राख्ने क्रममा कामपा–१५ का प्रवक्ता वडाध्यक्ष इश्वरमान डंगोलले दीप संरक्षण तथा जिर्णोद्वार कार्य स्थानीय मोडलमा भएको बताए । उनले अशोक विनायक गुथि निभाएको भुमिका एवं सुरूवात समयमा सहयोग गर्नुहुने चन्द्र मान सिंहलाई सम्झिए । ‘मानव जीवनको अन्तिम लक्ष्य भनेकै यही दीप हो, र यहि दीप बनाउन सबैले अपनत्व देखाएकोमा सामाजिक प्राणी स्थानीय नागरिकहरूले मानव जीवनको परम्परागत मूल्य मान्यतालाइ समाजमा नमुनाको रूपमा प्रस्तुत गरेको छ ’ उनले भने । संसद बिकास कोष तथा विभिन्न दाताहरुको चन्दा सहयोगमा करिव दुइ सय बर्ष भन्दा पुरानो इतिहास रहेको लखतिर्थ दीप (चिहान) जीर्णोद्धार गरि पुनः निर्माण भएको हो । दीप (चिहान)लाइ नयाँ बैज्ञानिक पद्दतिमा बनाउने कार्य भइरहेको लखतिर्थ दीप (चिहान) सुधार तथा जीर्णोद्धार समितिले जनाएको छ । जीर्णोद्धार समितिका अध्यक्ष मचाम महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त सम्मान तथा शिलापत्र अनावरण कार्यक्रममा समितिका सदस्य शंकर महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP