Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • स्वदेशिँदा तस्करको फन्दामा
स्वदेशिँदा तस्करको फन्दामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २६, २०७८
logo pravaw - Copy
Hardik health
काठमाडौं– सरकारले पछिल्लो समयमा विदेशबाट स्वदेश फर्किँदा सुनलगायत अन्य सामान ल्याउनमा कडाइ गरेसँगै सुन तस्करहरूले नयाँ योजनासहित अवैध सामान नेपाल भित्र्याउने गरेको खुलेको छ । सुनलगायत अन्य सामान लिएर नेपाल आउनेमाथि सीमा निर्धारण गरेपछि सो बाट जोगिनका लागि सुन तस्करहरूले वैदेशिक रोजगारबाट नेपाल फर्किएकालाई फसाउँदै सामान आयात गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ । गत १४ कात्तिकमा उच्च अदालत पाटनमा ‘सुन चोरीपैठारी गरी राजस्व चुहावट’ गरेको आरोपमा भारतीय नागरिक शाकिर अली, अब्दुल सत्तार, प्यार मोहम्मद र राकेश राईविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेसँगै भएको अनुसन्धानबाट सो कुरा खुलेको हो । गत २० साउनमा सिनामंगलमा रहेको मिर्चया मल्हानियों गेस्टहाउसको कोठा नम्बर २०२ बाट महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिएको थियो । प्रहरीले उनीहरूको साथबाट १ हजार ८ सय ६४ दशमलव ८ ग्राम सुन र भारतीय रूपैयाँ ५ सय दरका २ सय ११ थान नोट फेला पारेको थियो । अनुसन्धानको क्रममा राईले संयुक्त अरब इमिरेट्सबाट आउने व्यक्तिहरूमार्फत सो सामान नेपाल पठाएको बयान दिएका थिए । प्रहरीले काठमाडौं जडीबुटीबाट राईलगायत शाकिर अली, अब्दुल सत्तार र प्यार मोहम्मद गरी ४ जनालाई १ हजार ८ सय ६४.८ ग्राम सुन, १ लाख ५ हजार ५ सय भारतीय रूपैयाँ पक्राउ गरेको थियो । शाकिर अली, अब्दुल सत्तार र प्यार मोहम्मदहरूबाट विभागले बिल बिजक वा भन्सार प्रज्ञापन पत्रबिनाको परिमाणको सुन र नगद बरामद भएको प्रमाणित गरी मुद्दा दायर गरेको थियो । अनुसन्धानमा संयुक्त अरब इमिरेट्समा रहेका गनी नाम गरेका व्यक्तिले नेपाल आउने नेपालीका साथमा सुन पठाउने गरेकोसमेत उनीहरूले बताएका छन् । उनले सुटकेसभित्र ब्यागमा वा सुटकेसभित्र सिलाएर राखिएको भागमा वा हेयर ड्रायर, इलेक्ट्रिक केल्ली आदिभित्र सिल्भर कलरको लेप लगाई सुन राखी नेपाल पठाउने गरेको बताएका छन् । उनले सुनसहितको सामान पठाउनेको फोटो नेपालमा रहेका राईलाई ह्वाट्सएपमा पठाउने गरेका छन् । सुन बोकेर आउने व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि राईले सुन बुझ्ने शाकिर अलीलाई दिने गरेका थिए । सुन ओसारपसार गर्न पटकपटक मोबाइलबाट कुराकानी हुँदै आएको छ । शाकिर अली र राईबीच मोबाइलमा कुराकानी गरी अवैधरूपमा नेपाल भित्र्याएको सुन विभिन्न स्थानमा पु¥याउने काम राईले गर्दै आएको प्रमाणित भएको छ । भन्सार ऐन, ०६४ (संशोधन सहित) को दफा २ (च) ले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाइछिपाइ वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐनबमोजिम घोषणा नगरी नेपालभित्र ल्याउने कार्यलाई भन्सार चोरी पैठारीका रूपमा परिभाषित गरेको छ । साथै मूल्य अभिवृद्धि कर (भ्याट) ऐन, ०५२ (संशोधन सहित) तथा नियमावली, ०५३ (संशोधन सहित) ले समेत माल वस्तुका साथमा अनिवार्य रूपमा बिल बिजक रहनुपर्ने व्यवस्था गरेको छ । उनीहरूको साथबाट बरामद भएको सुनको बिल, बिजक वा भन्सार प्रज्ञापन पत्रलगायत कागजातसमेत नहुने गरेको छ । सुनको बिल बिजक, भन्सार प्रज्ञापन पत्र, राजस्व तिरेको निस्सा प्रमाण केही पनि नभएको तथा सुन संयुक्त अरब इमिरेट्सबाट गनी नाम गरेका व्यक्तिले पठाउने गरेको अनुसन्धानबाट खुलेको हो । शाकिर अली पेसेवर सुन तस्कर हुन् । उनले २०१९÷०९÷२४ मा नै शाकिर अलीबाट बरामद भएको भारतीय रूपैयाँ ८८ लाख सुनको कारोबारबाट आर्जन गरेकोसमेत खुलेको छ । दुबईबाट काठमाडौं आएका वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई सामान लगिदिएबापत १ हजार रूपैयाँ दिने लोभमा सामान नेपाल पठाउने अवैध कार्य गर्दै आएका छन् । उक्त रकम सुनको अवैध ओसारपसार र हुन्डीको समेत कारोबार गर्दै आएको समूह रहेकोसमेत पुष्टी भएको छ । राईले दिएको बयानमा शाकिर अलीले एकपटक सामान रिसिभ गरेबापत एक हजार नेपाली रूपैयाँ दिने गरेकोसमेत बताए । उनको बयानबाट विदेशबाट आउने व्यक्तिहरूले लगेज शाकिर अलीलाई जिम्मा लगाउने गरेको पाइएको छ । शाकिर अली बस्ने गेस्टहाउसबाट राईले जिम्मा लगाएका सुटकेसबाट सिल्भर लेप लगाएको सुन फेला परेका कारण राईको सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको पुष्टी भएको हो । प्यार मोहम्मद र अब्दुल सतारले दैनिक भारतीय रूपैयाँ ५ सय ज्याला पाउने गरी भारतबाट शाकिर अलीले ल्याई उक्त कार्यमा लगाउने गरेकोसमेत खुलेको छ । सुन ओसारपसार संलग्न गनी नाम गरेका व्यक्ति भारतीय मूलका नागरिक हुन् । उनी संयुक्त अरब इमिरेट्समा बस्दै आएका छन् । सुन ओसारपसार गर्ने व्यक्तिहरू खोज्ने सिलसिलामा दुबईमा भेटघाट भई हाल नेपालमा रहेका नेपाली नागरिक राई तथा भारत राजस्थानका शाकिर अलीसमेतलाई भारतबाट नेपालको काठमाडौंसम्म एहमद रजाक, मोहम्मद आरिफ र नामुद हुसेनले ल्याएर सुन संकलन गरेर भारतसम्म लैजाने प्रयोजनका लागि काम लगाउँदै आएका छन् । तस्करीमा संलग्नहरूले विदेशबाट नेपाल फर्कने नेपालीहरूलाई यसरी नै सुन बोकाएर पठाउने र उनीहरूलाई थोरै रकममै प्रभावमा पारेर सुन तस्करी गर्दै आएका छन् । प्रहरीले बारम्बार विमानस्थल बाहिर बसेर सुन संकलन गर्नेहरूलाई पक्राउ गर्ने गरे पनि मुख्य नाइके तस्करीको यो शैली अझै भत्काउन सकेको छैन । यस्तो तस्करीमा दुबईमा बसेका नेपालीहरूसमेत संलग्न रहँदै आएको बताइन्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP