Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अवैध कार्यविरुद्ध सशस्त्र प्रहरी आक्रामक बन्दै
अवैध कार्यविरुद्ध सशस्त्र प्रहरी आक्रामक बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १९, २०७८
गाँजासहित पक्राउ
Hardik health
वीरगन्ज– सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीले अवैध कार्यविरुद्ध अभियान संचालन गरेको छ । नयाँ नेतृत्व अर्थात् सशस्त्र प्रहरीका डिआइजी गणेशबहादुर ठाडा मगर आएपश्चात् तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको प्रहरी नेपालको नं २ छिन्नमस्ता बाहिनी क्रमशः विभिन्न उपलब्धि हासिल गरेको देखिन्छ । गत डेढ महिनामा करिब १० करोड बराबरको अवैध सामान बरामद गरेको तथा तस्करी नियन्त्रणमा ब्यापक परिचालनपश्चात् राजस्व असुलीमा उल्लेख्य सुधार भएको तथ्यांक भन्सार कार्यालयहरूबाट बुझिएको छ । गत असोज महिनाका लागि १७ अर्ब १ करोड ३४ लाख ११ हजार ५ सय अनुमानित लक्ष्य तोकिएको २ नं प्रदेशको विभिन्न भन्सार कार्यालयहरूबाट लक्ष्यभन्दा ३ अर्ब ९१ करोड बढी २० अर्ब ९२ करोड ४७ लाख ४५ हजार ७ सय ४ राजस्व संकलन गर्न सफल भएको तथ्यांकले देखाएको छ । राजस्वको वृद्धि यो महिनासमेत २० प्रतिशतभन्दा बढी उठ्ने संकेत देखिएको छ भने तर अन्तिम डाटा आउन बाँकी रहेको छ । यसबाहेक विभिन्न खालका लागुऔषध सहित ११ जना व्यक्ति पक्राउ, ललाइफकाई भारत लैजाने लागेका ४ बालिकाहरूसहित ४ व्यक्ति पक्राउ, तिहारलगायत चाडबाडको अवसरमा ४ लाखभन्दा बढी मूल्यको विभिन्न खाले पटकाहरू बरामद गरी नष्ट, विपद तथा सडक दुर्घटनामा उद्धार कार्यमा परिचालनलगायत कार्यमा सहभागि भएको देखिन्छ । सूचनाको प्रभावकारी परिचालनपश्चात गत २८ कात्तिकबाट सबै जिल्लाहरूमा लगाइएको गाँजा फडानी सुरु गरेको प्रहरीले संयुक्त रूपमा महोत्तरी र सर्लाहीको करिब १४ बिगाहामा लगाइएको गाँजा नष्ट गरेको छ । यस क्रममा करिब १० ट्रक गाँजा नष्ट गरेको बाहिनी प्रमुख डिआइजी ठाडा मगरले बताएका छन् । बाहिनी सं्रोतका अनुसार यो अभियान अन्य जिल्लाहरूमा समेत निकट भविष्यमा संचालन गर्ने गरी कैयौँ बिगाहामा लगाइएको गाँजा नष्ट गरिने योजना रहेको बताइएको छ । यस अलावा यो अवधिमा पर्सा, बारा, सप्तरी, महोत्तरीलगायत जिल्लाका विभिन्न स्थानबाट करिब २ सय ५० केजीभन्दा बढी तयारी गाँजा, २२ केजी चरेस तथा व्यक्तिहरू पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । २८ कात्तिकमा महोत्तरीको एकडाँडा इलाकाबाट ४४ केजी तथा ३० कात्तिकमा बाराको बेनौली इलाकाबाट थप ४० केजी गाँजा बरामद गरेको छ । भरपर्दो सूचना तथा प्रभावकारी परिचालनको कारण विभिन्न जिल्लाको विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउँदै गरेको तथा लुकाइछिपाई राखेको करिब ५ सय क्यु फिट काठ बरामद गरी विभिन्न वन कार्यालयहरूमा बुझाएको छ । यसै क्रममा २९ कात्तिक रौतहट वृन्दावन नपा–६ इसा महमद्को घर इलाकाबाट ११ गोलिया (३३ क्यु फिट) तथा ६९.२४ क्यु फिट चिरान काठ बरामद गरी वन कार्यालय चन्द्रपुरमा बुझाएको छ । त्यस्तै शुक्रबार जिल्ला महोत्तरी एकडाँडा गाउपालिका–५ गेना बथनाहामा प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटिएको सप्रबह सन्तोषकुमार सिंहको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ ३ जना व्यक्तिहरू क्रमशः महोत्तरी एकडाँडा–५ बस्ने बर्ष ३६ को रमेश पासवान र वर्ष ६० को राम खेलावन मण्डल तथा महोत्तरी जलेश्वर–७ बस्ने वर्ष ५० को सुरेश यादवले टाउकोमा बोकी लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजा १ सय १.५ केजीसहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको डिआइजी मगरले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०२:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP