Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अवैध कार्यविरुद्ध सशस्त्र प्रहरी आक्रामक बन्दै
अवैध कार्यविरुद्ध सशस्त्र प्रहरी आक्रामक बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १९, २०७८
गाँजासहित पक्राउ
Hardik health
वीरगन्ज– सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीले अवैध कार्यविरुद्ध अभियान संचालन गरेको छ । नयाँ नेतृत्व अर्थात् सशस्त्र प्रहरीका डिआइजी गणेशबहादुर ठाडा मगर आएपश्चात् तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको प्रहरी नेपालको नं २ छिन्नमस्ता बाहिनी क्रमशः विभिन्न उपलब्धि हासिल गरेको देखिन्छ । गत डेढ महिनामा करिब १० करोड बराबरको अवैध सामान बरामद गरेको तथा तस्करी नियन्त्रणमा ब्यापक परिचालनपश्चात् राजस्व असुलीमा उल्लेख्य सुधार भएको तथ्यांक भन्सार कार्यालयहरूबाट बुझिएको छ । गत असोज महिनाका लागि १७ अर्ब १ करोड ३४ लाख ११ हजार ५ सय अनुमानित लक्ष्य तोकिएको २ नं प्रदेशको विभिन्न भन्सार कार्यालयहरूबाट लक्ष्यभन्दा ३ अर्ब ९१ करोड बढी २० अर्ब ९२ करोड ४७ लाख ४५ हजार ७ सय ४ राजस्व संकलन गर्न सफल भएको तथ्यांकले देखाएको छ । राजस्वको वृद्धि यो महिनासमेत २० प्रतिशतभन्दा बढी उठ्ने संकेत देखिएको छ भने तर अन्तिम डाटा आउन बाँकी रहेको छ । यसबाहेक विभिन्न खालका लागुऔषध सहित ११ जना व्यक्ति पक्राउ, ललाइफकाई भारत लैजाने लागेका ४ बालिकाहरूसहित ४ व्यक्ति पक्राउ, तिहारलगायत चाडबाडको अवसरमा ४ लाखभन्दा बढी मूल्यको विभिन्न खाले पटकाहरू बरामद गरी नष्ट, विपद तथा सडक दुर्घटनामा उद्धार कार्यमा परिचालनलगायत कार्यमा सहभागि भएको देखिन्छ । सूचनाको प्रभावकारी परिचालनपश्चात गत २८ कात्तिकबाट सबै जिल्लाहरूमा लगाइएको गाँजा फडानी सुरु गरेको प्रहरीले संयुक्त रूपमा महोत्तरी र सर्लाहीको करिब १४ बिगाहामा लगाइएको गाँजा नष्ट गरेको छ । यस क्रममा करिब १० ट्रक गाँजा नष्ट गरेको बाहिनी प्रमुख डिआइजी ठाडा मगरले बताएका छन् । बाहिनी सं्रोतका अनुसार यो अभियान अन्य जिल्लाहरूमा समेत निकट भविष्यमा संचालन गर्ने गरी कैयौँ बिगाहामा लगाइएको गाँजा नष्ट गरिने योजना रहेको बताइएको छ । यस अलावा यो अवधिमा पर्सा, बारा, सप्तरी, महोत्तरीलगायत जिल्लाका विभिन्न स्थानबाट करिब २ सय ५० केजीभन्दा बढी तयारी गाँजा, २२ केजी चरेस तथा व्यक्तिहरू पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । २८ कात्तिकमा महोत्तरीको एकडाँडा इलाकाबाट ४४ केजी तथा ३० कात्तिकमा बाराको बेनौली इलाकाबाट थप ४० केजी गाँजा बरामद गरेको छ । भरपर्दो सूचना तथा प्रभावकारी परिचालनको कारण विभिन्न जिल्लाको विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउँदै गरेको तथा लुकाइछिपाई राखेको करिब ५ सय क्यु फिट काठ बरामद गरी विभिन्न वन कार्यालयहरूमा बुझाएको छ । यसै क्रममा २९ कात्तिक रौतहट वृन्दावन नपा–६ इसा महमद्को घर इलाकाबाट ११ गोलिया (३३ क्यु फिट) तथा ६९.२४ क्यु फिट चिरान काठ बरामद गरी वन कार्यालय चन्द्रपुरमा बुझाएको छ । त्यस्तै शुक्रबार जिल्ला महोत्तरी एकडाँडा गाउपालिका–५ गेना बथनाहामा प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटिएको सप्रबह सन्तोषकुमार सिंहको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ ३ जना व्यक्तिहरू क्रमशः महोत्तरी एकडाँडा–५ बस्ने बर्ष ३६ को रमेश पासवान र वर्ष ६० को राम खेलावन मण्डल तथा महोत्तरी जलेश्वर–७ बस्ने वर्ष ५० को सुरेश यादवले टाउकोमा बोकी लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजा १ सय १.५ केजीसहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको डिआइजी मगरले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०२:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP