Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • हिजो जस्तो, आज पनि उस्तै
हिजो जस्तो, आज पनि उस्तै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १९, २०७८
Hardik health
काठमाडौं— नेपाली लोकसंगीतका लागि देवी घर्ती धरोहर हुन् । चर्चित गायिका देवी घर्ती आफैँलाई ठ्याक्कै थाहा छैन, अहिलेसम्म कति गीत गाएँ ? उनी भन्छिन्, ‘सुरुमा मात्रै हो थाहा हुने, अहिले त कति गाएँ, थाहै छैन ।’ उनी अनुमान गर्छिन्, ‘६ हजारभन्दा बढी नै भयो होला ।’ बागलुङ, पाण्डवखानी–१ की देवी घर्ती नेपाली लोकदोहोरी तथा लोक गायनका लागि सिग्नेचर मानिन्छिन् । उनका हरेक गीत दर्शक तथा श्रोताको रुचाउँदै आएका छन् । ‘बिर्सियांै कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’जस्ता कर्णप्रिय गीतहरू उनी चाङ छ । यी गीतहरू नुसन्ने सायदै श्रोता होलान् । यस्तै, ‘जिम्मल बाको आँगनीमा’, ‘यही चाल होला भन्याभा’, ‘उही खोलीमा पानी’ जस्ता गीतहरू पनि श्रोताको ओठमै झुन्डिएको छ । २०६१ सालमा दोहोरी साँझमा गाउनका लागि बागलुङबाट काठमाडौं आएकी देवी घर्ती एकताका यति व्यस्त भइन्, त्यो बेला उनलाई खान र सुत्नसमेत राम्ररी समय मिल्दैन थियो । उनी भन्छिन्, ‘त्यो समय एकैदिन आठ वटासम्म गीत रेकर्ड गरेकी छु ।’ त्यसो त उनी युट्युबमा करोड क्लब पार गर्ने पहिलो लोकदोहोरी गायिका समेत हुन् । अर्कोपक्ष, लोकदोहोरी क्षेत्रमा उनको डिमाण्ड कहिल्यै तलमाथि भएको छैन । करिब डेढ दशकको सांगीतिक यात्रामा अलिकति पनि उनी डग्मगाइनन् अर्थात उस्तै तीव्रता र उस्तै गतिमा दौडिरहेकी छन् उनी । सांगीतिक माहोलमै हुर्केबढेकी उनी भन्छिन्, ‘बुबा–आमा भजन गाउनुहुन्थ्यो । त्यो बेला म पनि उहाँहरूसँगै भजन सुन्न र नाच्न जान्थेँ ।’ आफ्ना बुबा–आमाबाटै आफूमा गाउने गुण सरेको उनी आँकलन गर्छिन् । गाउँमा स्थानीय युवा क्लबले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा सहभागी भएको पहिलोपटक नै उनी प्रथम भएकी थिइन । कक्षा आठमा पढ्दै गर्दा जिल्ला–जिल्लामा एफएम रेडियो खुल्ने लहर चलेको थियो । त्यो बेला लक्ष्मी न्यौपाने, बिमाकुमारी दुरा, हरिदेवी कोइराला, सिन्धु मल्ललगायतका गीत सुनिरहँदा लाग्थ्यो, ‘एकदिन म पनि यसरी गीत गाउनेछु ।’ उनको एउटै लक्ष्य थियो, गायिका बन्नेर रेडियोमा आफ्नो आवाज घन्काउनु । त्यतिबेलै बाग्लुङमा बसेर गीत–संगीतमा जम्न सकिँदैन भन्ने लागेपछि उनले काठमाडौं आउने योजना बनाएकी हुन् । गायिका देवी भन्छिन्, ‘अब काठमाडौं गएर गायिका बन्ने हो । दोहोरी साँझमा गीत गाउने हो भनेर पढ्न छाडेँ ।’ तर, गायिका बन्न काठमाडौं आउने कल्पनामै उनको चार वर्ष बित्यो । उनी सम्झिन्छन्, ‘एकदिन म्याग्दीमा मेलामा गायिका लक्ष्मी भुजेल काठमाडौंदेखि आएको थाहा पाएपछि मेला हेर्न माइला दाइसँग गए ।’ देवीको बारेमा दाइले नै लक्ष्मीलाई सुनाएका थिए । गायिका लक्ष्मीले बोलाएपछि पहिलोपटक दाइको साथ लागेर २०६१ सालमा काठमाडौं आएको उनी बताउँछिन् । काठमाडौं आएपछि दोहोरी साँझमा जागीर सुरु गरिन् । त्योबेला काठमाडौंमा दोहोरी साँझको लहर चलेको थियो । उनी भन्छिन्, ‘एक वर्षसम्म एकदिन पनि नबिराई दोहोरी साँझ हाजिर भएँ ।’ त्यो बेला उनलाई जागिर पाउन समय नलागेझैँ पहिलो गीत रेकर्ड गराउन पनि समय लागेन । उनी भन्छिन्, ‘दोहोरी साँझमा गायक खड्ग गर्ब‘जा आउँजाउ गरिरहन्थे । मेरो स्वर उहाँले मनपराएपछि गाउन अफर गर्नुभयो ।’ गायिका देवीले पहिलोपटक रेकर्ड गराएको गीत हो, ‘बतासले रुमाल फरर’ । जुन गीत श्रोताले अत्याधिक रुचाए पनि । देवी भन्छिन्, ‘त्यसपछि गान्धर्व संगीत पाठशालामा एक वर्ष संगीत सिकेँ ।’ संगीत संयोजक जुजु गुरुङसँग भेटेपछि देवीका लागि थप अवसरका ढोका खुला भए । गायिका देवीका त्यसपछि हरेक गीत चर्चामा आउन थाल्यो । रेशम सापकोटासँग गाएको तीज गीत ‘पल्के भेना बाई’ होस् वा मिलन लामासँग गाएको ‘झल्को लाली ओठको’ बोलको गीत नै किन नहोस् । उनी एकपछि अर्को गीत गाउन थालिन् । ‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘चरी मधुवनभरि’, ‘गण्डकी पौडेर’ होस् वा ‘पानी इनारमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ नै किन नहोस् । सीआरबीटीको समयमा देवीका गीतले श्रोता÷दर्शकको उत्तिकै मन जिते । उनका एकपछि अर्को गीत श्रोता–दर्शकले रुचाउँदै गए ।हजारौँ गीत गाएपनि देवी घर्तीको खुट्टाले कहिल्यै जमिन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, आज पनि त्यस्तै छिन् । देवी घर्तीको सफलताको एउटा कारण पनि यही नै हो ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०२:१०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP