Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘कुटी, गुञ्जी र नाभी’को जनसंख्या पनि समेटिने
‘कुटी, गुञ्जी र नाभी’को जनसंख्या पनि समेटिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १५, २०७८
Central-bereau-of-statistics-CBS
Hardik health
काठमाडौं– तथ्यांक विभागले यसवर्षको जनगणनामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसंख्या पनि समेटिने बताएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भएको जनगणनामा त्यस क्षेत्रका गाउँहरू कुटी, गुञ्जी र नाभीको पनि जनसंख्या समावेश गर्ने तयारी गरेको छ । यसअघि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा जनगणना हुन सकेको थिएन । तथ्यांक विभागले औपचारिक रूपमा कार्यक्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जनसांख्यिक विवरण समेटेर प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । भारतीय पक्षको अवरोधका कारण गणकहरू त्यस क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर तथ्यांक संकलन गर्न सकेका थिएनन् । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले मूल गणना कार्यमा विवरण ल्याउन नसके पनि वैकल्पिक विधिमार्फत विभिन्न स्रोतसमेत परिचालन गरी विवरण संकलन सुरु भइसकेको जानकारी दिए । नेपालले कूटनीतिक रूपमा विभागबाट र जिल्लाबाट समेत प्रयास गरे पनि भारतले त्यस क्षेत्रमा जान नदिएको उनको भनाइ छ । उक्त भूभाग नेपालकै भए पनि त्यहाँ जान नपाएको उल्लेख गर्दै उनले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधिको समेत उपयोग गरेर स्रोतमार्फत तथ्यांक लिन थालेको जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रको कुटी, नाभी र गुञ्जीमा मात्रै मानिसहरूको बसोबास छ । सो क्षेत्रमा अनुमानित ३०० घरधुरीमा बढीमा ८०० सम्म जनसंख्या रहेको अनुमान छ । जाडो मौसममा त्यहाँका स्थानीयवासी पनि बेसी झर्ने भएकाले दार्चुलाको छाङरु र तिंकरका स्थानीयवासीसँग भेटघाटसमेत हुने तथा फोन सम्पर्क गर्न सकिने हुँदा स्रोतमार्फत विवरण संकलन गर्न विभागको टोली जुटेको छ । घरधुरी भने सेटेलाइटबाट नै लिन सकिने विभागले जनाएको छ । दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपाल सरकारले विभिन्न चरणको छलफलपछि ५ जेठ ०७७ मा सुगौली सन्धिलगायत अन्य विभिन्न तथ्य र प्रमाणका आधारमा नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । ७ जेठमा उक्त नक्सा सरकारले सार्वजनिक गरेको थियोे । ९ जेठमा निशान छापलाई नयाँ नक्साअनुसार बनाउन संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएकोमा ३१ जेठमा संसद्को दुई तिहाइ बहुमतबाट उक्त प्रस्ताव पारित भएसँगै भारतको नियन्त्रणमा रहेका ती क्षेत्र औपचारिक रूपमा नेपालको नक्सामा समेटिन पुगेको थियो । नक्सामा समेटिएपछिको यो पहिलो जनगणना भएकाले पनि अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालको पश्चिमी सीमा कालापानी भएको कुरा ब्रिटिस सर्भेअर अफ इन्डियाले १८२७ मा सार्वजनिक गरेको नक्सामा उल्लेख छ । त्यसमा लिम्पियाधुराबाट निस्किएको काली नै सीमा हो भनेर स्पष्ट बोलेको सीमाविद्हरू बताउँछन् । उक्त नदी पूर्वतर्फ कालापानी र लिपुलेक पर्छ । पछिल्लो समयमा भारतले कालीभन्दा वर रहेको क्षेत्र लिपुलेकबाट बग्ने खोलालाई काली बनाएर ती सबै क्षेत्र अतिक्रमण गरेको विज्ञहरू बताउँछन् । विगतमा चीनबाट भारतलाई जोगाउन नेपालको सीमा क्षेत्रमा भारतको मागअनुसार उनीहरूका सुरक्षाकर्मी राख्ने अनुमति तत्कालीन नेपाल सरकारले दिएको र सोही बेलादेखि भारतले नेपाली भूमिलाई कब्जा जमाएको हो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले १८६० अघिका हरेक अभिलेखमा लिम्पियाधुराबाट निस्किएको काली नै आधिकारिक सीमा मानेको बताउँदै आएका छन् । उनका अनुसार त्यसपछिको नक्सामा मात्रै लिपुलेकबाट निस्किएको खोलालाई काली भनेर भारतले त्यसउताका क्षेत्र नियन्त्रणमा लिएको हो । यसपालिको जनगणना सूचीकरण गर्दा दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्रु र टिंकर बस्ती जान भारतले धार्चुलाको बाटो प्रयोग गर्न पास दिएको थियो । त्यहाँ पुग्न नेपालतर्फ बाटो नभएको र भारतको बाटो भएर एक दिनमा पुग्न सकिने भएकाले भारत सरकारका स्थानीय प्रतिनिधिमार्फत उक्त क्षेत्रमा जान सहमति माग्दा दोस्रो पटक भने जान नदिएको विभागले जनाएको छ । सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित तीन गणक उक्त स्थानमा जान नसकेपछि अन्य दुई गणकले तीन दिन लगाएर उक्त क्षेत्रमा पुगी जनगणना सम्पन्न गरेका थिए । पछि उनीहरूलाई फर्कन समस्या भएपछि सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको प्रजिअ जोशीले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP