Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बजार अनुगमन जारी
बजार अनुगमन जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १४, २०७८
1583848353
Hardik health
काठमाडौं– सरकारी निकायलाई चाडबाडको बेला मात्र बजार अनुगमन गरेजस्तो गरेर अन्य समयमा सुतेर बस्ने गरेको आरोप लाग्ने गरेको छ । विशेष गरेर दशैँ, तिहारलगायतका ठूला चाडबाडको बेला मात्र सरकारी निकायहरूले बजार अनुगमनको औपचारिकता पूरा गर्ने र अन्य समयमा उपभोक्ताहरूमाथि भइरहेको ठगीमा आँखा चिम्लेर बस्ने गरेको भन्दै आलोचना हुँदै आएको छ । तर, यसवर्ष भने चाडबाडको समय सकिएपछि पनि अनुगमनको क्रम जारी राखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अहिले पनि बजार अगुमनको क्रम जारी राखेको जानकारी दिएको छ । अहिले दैनिक तीनवटा समूहले बजार अनुगमनलाई निरन्तरता दिएको विभागले जनाएको छ । विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागका अनुसार सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरूलाई कारवाही गर्दा रु ७१ लाख १० हजार राजस्व संकलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरूप जरिबाना गरिएको विभागका निर्देशक हरि पंगेनीले जानकारी दिएका छन् । निर्देशक पंगेनीका अनुसार सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको छ । विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १० फर्मबाट परीक्षण गर्न वस्तुको नमुना संकलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो । चाडबाडको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्सलगायतका पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिबाना गरिएको विभागले जनाएको छ । विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टा–छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो । विभागले कात्तिक महिनामा अनुगमन गरिएका फर्ममध्ये आधा फर्मलाई कारबाही गरेको छ । अनुगमन गरिएका अधिकांश फर्मले गल्ती गरेको भेटिएपछि कारबाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिएका छन् । उनका अनुसार एक महिनामा ३८८ फर्मको अनुगमन गर्दा १७६ फर्मलाई कारबाही, ८८ फर्मलाई आवश्यक कागजात पेस गर्न स्पष्टीकरण सोधिएको र १२४ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । कात्तिकमा बजार अनुगमनबाट विभागले रु १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । विभागले दसैँ तथा तिहारको समयमा चाडपर्व केन्द्रित भएर बजार अनुगमन गरेको थियो । चाडपर्व सकिए पनि नियमित रूपमा दैनिक तीन समूहबाट बजार अनुगमन जारी राखिएको निर्देशक पंगेनीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP