Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आर्यघाटको बाँस र लुगाफाटोले फोहोर
आर्यघाटको बाँस र लुगाफाटोले फोहोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
काठमाडौं– वाग्मती सफाइ महाअभियानका क्रममा शनिबार पशुपति आर्यघाट क्षेत्रमा सफाइ गरिएको छ । सफाइकर्मीले महाअभियानलाई निरन्तरता दिने क्रममा शनिबार उक्त क्षेत्रमा सफाइ गरिएको हो । सफाइका क्रममा आयघाटबाट निस्किएको बाँस र लुगाफाटोले फोहोरको मात्रा बढाएको देखिएको छ । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् । वाग्मती सफाइ महाअभियानको ४४६औँ हप्तामा सिनामंगलस्थित वाग्मती पुलमुनिको नदी किनारमा सफाइ गर्दा पशुपति आर्यघाटबाट बगेर आएको बाँस, लुगाफाटोलगायत फोहर धेरै भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् । उनका अनुसार अभियानकर्मीहरूले पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न अनुरोध गरेका थिए । पशुपति आर्यघाटमा दाहसंस्कारमा प्रयोग हुने दाउराको व्यवस्थापन भने राम्रोसँग भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । आर्यघाबाट आएको बाँस, लुगाफाटोलगायत फोहरले नदी सफाइमा अप्ठ्यारो भएको अभियानकर्मीको गुनासो छ । यसैले कोषलाई छिटो समस्या समाधानका लागि आग्रह गरिएको अभियानकर्मी शाहीले बताए । सिनामंगल पुलमुनिको वाग्मती किनारमा भएको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, हलेसी डेकोर, काठमाडौं महानगरपालिका फोहरमैला व्यवस्थापन विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ ५ जेठ ०७० देखि सुरु भएको वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घन्टा चाडपर्व, जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपलगायत प्रतिकूल अवस्थामा पनि सफाइ जारी रहने गरेको छ । जाडोमा बिहानै अभियानकर्मी स्वयंसेवाका लागि वाग्मती नदी किनारमा पुग्ने गरेका छन् । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४१५औँ हप्तामा गोठाटार पुल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । विगत १० हप्तादेखि शुन्य फोहर अवधारणाअन्तर्गत सफाइ भइरहेको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । फोहरलाई स्रोतमै वर्गीकरण गरेर यो अवधारणालाई सफल बनाउने लक्ष्य लिइएको जनाइएको छ । फोहर वर्गीकरण र व्यवस्थापनमा सबैले गौरव गर्नुपर्ने भन्दै मञ्चले यस क्षेत्रमा जागरण अभियान चलाएको छ । मनोहरा सफाइ अभियानको २४५औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सफाइ तथा सम्पदा बचाउ अभियानको आयोजनामा भएको सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दंगालले जानकारी दिएका छन् । सफाइबाट एक गाडी फोहर व्यवस्थापन भएको छ । फोहर काठमाडौं महानगरपालिकाको गाडीले लगेको जनाइएको छ । यसैगरी शनिबार रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरीखोला लगायत स्थानमा पनि सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएपछि यी सफाइ अभियान सुरु भएका हुन् । महाअभियान सुरु भएपछि हाल काठमाडौं उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई भएको सफाइ हाल देशभर १०८ स्थानमा भइरहेको छ । अभियानमा स्थानीयवासीको सक्रियता बढ्न नसकेको, स्थानीय सरकारले सफाइलाई स्वामित्व नलिएकोलगायत गुनासो अभियानकर्मीले पोख्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै
एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै मंगलबार, असार १७, २०८२
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा
एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा सोमबार, असार १६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP