Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सशस्त्र प्रहरी निरीक्षकको दीक्षान्त समारोह
सशस्त्र प्रहरी निरीक्षकको दीक्षान्त समारोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १०, २०७८
download (1)
Hardik health
काठमाडौं– सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो । त्यस अवसरमा प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूले सलामी अर्पण गर्नुका साथै उनीसमक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरेका थिए । प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुका साथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बलले प्रदर्शन गरेको वीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उनले सशस्त्र प्रहरी बलले गौरवशाली इतिहासका साथ राष्ट्र र नागरिकको सुरक्षा, सीमा सुरक्षा, भूकम्प, विभिन्न समयमा भएका विपद व्यवस्थापनका साथै उद्वार तथा राहत वितरणमा अतुलनीय योगदान गरेको स्मरण गरे । त्यस्तै, कोभिड–१९ महामारी नियन्त्रण तथा उपचार, दंगा व्यवस्थापनलगायतका जिम्मेवारीमा व्यवसायिक भई सम्पादन गरेका कार्यहरू प्रशंसनीय रहेको उल्लेख गर्दै सरकारको भरपर्दो र विश्वसनीय सुरक्षा निकायको रूपमा आफ्नो पहिचान बनाउन सशस्त्र प्रहरी सफल भएको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाइनमा खटिँदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्दै राज्यका सबै निकायहरूले जातजाति, भाषा, धर्म र लिंग नभनी सामूहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बताए । उनले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूलाई अनुशासित, इमान्दार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिएका थिए । त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति आवश्यक रहेको बताएका छन् । उनले कार्यसम्पादनमा चुुस्त, दुरुस्त तथा थप प्रभावकारी ढंगले परिचालित हुन समयानुकल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधान स्रोतहरूको व्यवस्थापनमा प्रधानमन्त्री देउवाले पहलकदमी लिने विश्वास व्यक्त गरेका थिए । उनले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरू डेडिकेटेड फोर्सको रूपमा उत्तरी हिमालको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी सीमाको गर्मी तथा हावाहुरीमा देश र जनताको सेवा र सुरक्षार्थ अहोरात्र खटिएर हिमपातदेखि बाढिपहिरोजन्य विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर जिम्मेवारी निर्वाहमा कटिबद्ध रहँदै आएको बताए । करिब १५ महिना अवधिको उक्त आधारभूत तालिम चार महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरूले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ प्रकाश कुमार शाही र चाँदमारीतर्फ सन्दिप भट्ट उत्कृष्ट भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP