Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • काष्ठमण्डपमा २ हजार वर्ष टिक्ने काठ
काष्ठमण्डपमा २ हजार वर्ष टिक्ने काठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ७, २०७८
download
Hardik health
काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप काष्ठमण्डपको पुनर्निर्माणमा धेरै टिकाउ हुने काठ प्रयोग गरिएको छ । काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा पुगिरहेको बेला निर्माण समितिले पुनर्निर्माणमा कम्तीमा दुई हजार वर्ष टिक्ने काठको प्रयोग गरिएको जानकारी दिएको हो । धेरै काठ प्रयोग गरेर पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पुनर्निर्माणका क्रममा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौतम डंगोलले दाबी गरेका छन् । पुनर्निर्माणमा प्रयोग गरिएको काठको टिकाउका सम्बन्धमा प्रयोगशाला परीक्षणबाट यस्तो तथ्य प्रमाणित भएको उनले जानकारी दिए । समिति अध्यक्ष राजेश शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जंगलमा गएर राम्रा काठ संकलन गरेर ल्याई पुनर्निर्माण कार्यमा प्रयोग गरिएको उनले बताए । १२ वैशाख ०७२ अघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनर्निर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६०० वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ । ‘कार्बन डेटिङ’ को प्रमाणका आधारमा बेलायतमा गरिएको परीक्षणका आधारमा दुई काठ कति पुराना हुन् भनी प्रमाणित गर्न सकिएको समितिले जनाएको छ । बीचमा काठका ठूला–ठूला चार थामलगायत संरचना सातौँ शताब्दीकै स्वरूपमा बलियो गरी पुनर्निर्माण गरिएको समितिले जनाएको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिएका सबै काठ उच्च गुणस्तरका प्रयोग गरिएकाले कम्तीमा दुई हजार वर्षसम्म केही नहुने समितिको विश्वास छ । सातौँ शताब्दीमा काष्ठमण्डप निर्माण गर्दाकै जस्तो प्राचीन प्रविधिमा यसको पुनर्निर्माण सम्पन्न भएको छ । बाँस र डोरी प्रयोग गरेर काठमाथिसम्म लगिएको थियो । आधुनिकरूपमा प्रयोग गरिने ‘हेभी इक्विपमेन्ट’ काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग नगरी प्राचीन प्रविधिबाट पनि यति ठूला भवन बनाउन सकिन्छ भन्ने सन्देश दिइएको सचिव डंगोलले बताए । प्राचीन प्रविधिबाट नै यस्ता भवन निर्माण गर्नसक्ने जनशक्ति स्वदेशमा अझै छ भन्ने पनि काष्ठमण्डप पुनर्निर्माणले प्रमाणित गरेको छ । उनका अनुसार प्राचीन स्वरूपमा पुरातात्विक महत्वका सम्पदा बनाउन सक्ने जनशक्तिको संरक्षणमा सरोकार भएका सरकारी निकायले ध्यान दिनुपर्ने हुन्छ । काष्ठमण्डप पुनर्निर्माण व्यवस्थापन, पुँजी र प्रविधि सबै नेपाली नै प्रयोग गरी गरिएको छ । सिमेन्ट प्रयोग नगरी माटोको जोडाइमा निर्माण गरिने पुरातात्विक महत्वका सम्पदा आधुनिक विज्ञानले भने सरह टिक्ने काष्ठण्डपबाट पुष्टि भएको समितिको भनाइ छ । एक हजार ४०० वर्षअघि नेपालमा काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको प्रविधि आधुनिकरूपमा नयाँ प्रविधिजत्तिकै टिकाउ छ भन्ने बेलायतमा गरिएको परीक्षणबाट प्रमाणित भएको हो । समितिका अनुसार काष्ठमण्डपको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । काठमाडौं महानगरपालिकाको रु ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । समितिले महानगरपालिकासँग चार चरणमा गरी रु ११ करोड ५० लाख लिएको उनले बताए । भूकम्पपछि पुरातत्व विभागले आर्थिक वर्ष ०७२÷७३ मा गरेको काष्ठमण्डप पुनर्निर्माणको लागि रु १९ करोड ८० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । विभागले गरेको प्रारम्भिक अनुमानभन्दा रु सात करोड ५० लाख सस्तोमा समितिमार्फत् काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको छ । समुदायलाई नै सम्पदा पुनःनिर्माणको जिम्मेवारी दिँदा कम लागतमा काम भएको हो । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माण सुरुको चरणमा विवादमा परेको थियो । यसअघि अर्को समिति गठन भएर पुनर्निर्माण अघि बढाउन खोजे पनि विभिन्न अवरोध आएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०२:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP