Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • १०८ कन्यापूजाको आयोजना
१०८ कन्यापूजाको आयोजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ७, २०७८
26
Hardik health
काठमाडौं– वसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रूपमा कन्यापूजाको आयोजना गरेको हो । ‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रूपमा पूज्ने चलन छ । त्यसैले पनि नारीलाई सम्मान भावले पूजा गर्ने हाम्रो चलनलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न कन्यापूजाको आयोजना गरेका छौं ।’ ईनर ह्वील क्लब अफ कीर्तिपुरकी प्रेसिडेन्ट सुशीला मानन्धरले जनाए । हुनपनि सुसंस्कृत संस्कार, संस्कृति र रीतिथितिले समुदायबीचको सदासयता, आत्मियता र भातृत्वलाई जोड्ने वास्तविकता हो । विभिन्न विचार र संस्कार अंगालेका तह र तप्कालाई सामाजिक तथा सांस्कृतिक मूल्यको आधारले जोड्ने सेतुलाई प्रचार गर्नु सकारात्मक पक्ष हो । वैदिक मान्यतामा आधारित काठमाडौंको कुमारीपूजा जय प्रकाश मल्लको पालादेखि सुरु भएको विश्वास गरिन्छ । मध्यकालीन नेपालका अन्तिम मल्ल राजालाई सपनामा कुमारीले दर्शनभेट दिएको आधारले नारी सम्मानको लागि कुमारी प्रथाको सुरुवात गरेको बताइन्छ । ‘पञ्चकन्यालाई हिन्दु धर्मावलम्बीहरूले अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरीको रूपमा स्वीकार गरिएको छ ।’ हिन्दुधर्मका अध्येता सुशील राजोपाध्याय बताउँछन् । रजश्वला हुनुपूर्वका कुमारी केटी अर्थात कन्याहरूलाई १०८ संख्या बनाएर पूजा गर्नुको अर्थ संख्यामा पूर्णता दिइएको राजोपाध्यायको दाबी छ । उच्च सम्मान र आदरार्थीभाव जनाउने गुरुहरूको विशेषणमा श्रीश्रीश्री १०८ लेख्ने चलन र रुद्राक्ष मालाको संख्या पनि उहि बनाउनुको अर्थ संख्यालाई पूर्णता दिइएको उनको तर्क हो । हिन्दु र बौद्ध धर्म परम्परामा कुमारी वा कन्याले देश र जनतालाई रक्षा गर्ने विश्वास गरिन्छ । वैरभाव, शत्रुता र कपट विचारबाट विमुख हुने कन्यालाई पूर्णता दिएर नारीलाई सम्मान गर्नु हाम्रो परम्परा हो । त्यसैले पनि कन्यापूजा पश्चात् भगवान रूपी कन्याबाट आशिर्वाद थाप्ने चलन रहेको छ । शुभकार्य र सुखद सुरुवातको कामनाको लागि पञ्चकन्यालाई अघि सारिन्छ । पूजामा सहभागी भएका सम्पूर्ण कन्याहरूलाई सबसे पहिले कुमारी बनेकी बास्तविक कुमारी माजु, गणेश र भैरवबाट टीका र प्रसाद बक्स भएको थियो । कार्यक्रममा सहभागी महानुभावहरूले कन्याहरूलाई आआफ्नो इच्छा बमोजिम कापीकलम हस्तान्तरण गरेका थिए । ईनर ह्वील अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । नारीहरूको क्षमता अभिवृद्धि गरी उत्थान गर्ने उद्देश्यले स्थापित ईनर ह्वीलले नेपालमा मात्र बत्तीस वटा संस्थाहरू बनाइसकेको छ । राजधानीस्थित ईनर ह्वील कीर्तिपुरको अभिभावकत्वमा अन्य तीन संस्थाहरू सक्रिय छन् । संस्थाले यसअघि पनि नारीहरूको लागि थुप्रै सामाजिक कामहरू गरिसकेको छ । सुख, शान्तिको कामना गरी अनिष्ट हुनबाट बचाउन आयोजना गरिएको कन्यापूजामा सामुदायिक र संस्थागत स्कुल, बालगृहका घरबारबिहीन तथा अनाथ नानीहरूको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०२:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP