Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा अधिकांश अदक्ष श्रमिक
विदेशमा अधिकांश अदक्ष श्रमिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ६, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरू कुनै पनि काममा दक्ष नभएर विदेश जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको कात्तिक महिनामा विदेशिएकाहरूको तथ्यांकमा ४८.६५ प्रतिशत अदक्ष श्रमिक रोजगारीका लागि विदेश गएको देखिएको हो । कात्तिक महिनामा विभागबाट श्रम स्वीकृति लिएर विदेश गएका ५४ हजार ९ सय १८ जनामध्ये २६ हजार ७ सय २३ जना अदक्ष श्रमिक रहेको तथ्यांकमा जनाइएको छ । यो संख्या सो महिनामा विदेशिएका नेपालीहरूको करिब आधा संख्या हो । त्यस्तै यो अवधिमा दक्ष श्रमिक भने २३ हजार ४ सय ५६ जना विदेशिएका छन् । जुन जम्मा संख्याको ४२.७१ प्रतिशत हो । कात्तिक महिनामा ४ हजार ६ सय ५९ जना अर्ध कुशल श्रमिक विदेश गएको तथ्यांकले देखाएको छ । यो संख्या जम्मा ८.४८ प्रतिशत हुन आउँछ । यो अवधिमा रोजगारीका लागि विदेश गएका नेपालीमध्ये जम्मा ६८ जना व्यवसायी श्रमिक रहेका छन् । जुन एक महिनाको अवधिमा विदेश गएकाहरूको ०.१२ प्रतिशत हुन आउँछ । त्यस्तै उच्च दक्ष जनशक्ति भने कात्तिक महिनामा जम्मा १२ जना बाहिरिएको देखिएको छ । यो संख्या प्रतिशतमा ०.०२ प्रतिशत हुन्छ । असोज महिनामा नेपालबाट ५६.८४ प्रतिशत अदक्ष श्रमिक विदेशिएका थिए । त्यस्तै, असोज महिनामा नेपालबाट उच्च दक्षता हासिल गरेका ०.०२ प्रतिशत व्यक्ति विदेश गएका थिए । असोज महिनामा कात्तिक महिनाको भन्दा एक जना कम ११ जना उच्च दक्षता भएका व्यक्ति विदेश गएका थिए । असोज महिनामा ०.०५ प्रतिशत पेसाविद् (प्रोफेसनल) श्रमिक विदेशिएको देखाएको थियो । असोज महिनामा नेपालबाट ७.६९ प्रतिशत अर्धदक्ष श्रमिक विदेश गएका थिए । भने ३५.३८ प्रतिशत दक्ष श्रमिक विदेश गएको विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै धनुषा, कम मनाङबाट जिल्लागत रूपमा हेर्दा कात्तिक महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषा र कम मनाङ जिल्लाबाट गएको देखिएको छ । एक महिनाको अवधिमा धनुषाबाट ३ हजार ७ सय ९ जना विदेशिएका छन् भने मनाङबाट रोजगारीका लागि विदेश जान एक जनाले श्रम स्वीकृति लिएको देखिएको छ । त्यस्तै धेरै विदेश जाने जिल्लामा सिराहा दोस्रो स्थानमा रहेको छ । सिराहाबाट यो अवधिमा २ हजार ८ सय ९७ जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै धेरै श्रमिक विदेशिने जिल्लामा महत्तरी तेस्रो स्थानमा रहेको छ । त्यहाँबाट यो अवधिमा २ हजार ५ सय १२ जना रोजगारीको सिलसिलामा विदेशिएका छन् । यसैगरी, झापाबाट पनि यो अवधिका २ हजारभन्दा बढी व्यक्ति विदेशितिर लागेका छन् । झापाबाट २ हजार ४ सय ९० जना विदेश गएका छन् । यसरी एक महिनामा २ हजारभन्दा बढी श्रमिक विदेशिने जिल्लाको संख्या ५ रहेको छ । त्यस्तै १ हजार भन्दा बढी विदेशिने जिल्लाको संख्या १४ रहेको छ । झापापछि २ हजारभन्दा बढी श्रमिक पठाउने जिल्ला मोरङ रहेको छ । मोरङबाट एक महिनामा २ हजार ९५ जना विदेश गएका छन् । त्यस्तै १ हजारभन्दा बढी श्रमिक विदेशिने जिल्लामा नवलपरासीबाट १ हजार ८८९, सुनसरीबाट १ हजार ६६७, सर्लाही १ हजार ६१६, रूपन्देही १ हजार ५९९ जना रहेका छन् । त्यसैगरी, स्याङ्जाबाट १ हजार ५७३ जना, सप्तरी १ हजार ५६३, तनहुँ १ हजार ५४९ र चितवनबाट १ हजार २८९ जना गएका छन् । यी बाहेक कपिलवस्तुबाट १ हजार १८०, कास्कीबाट १ हजार ९८, रौतहट १ हजार ८९, दाङ १ हजार ३८ र गोरखाबाट १ हजार ९ जना विदेशिएको विभागको तथ्यांकले देखाएको छ । यसरी हेर्दा आधाभन्दा बढी श्रमिक यि १८ जिल्लाबाट विदेश गएको देखिन्छ । यि जिल्लाबाट मात्रै ३१ हजार ८ सय ६२ जना विदेश गएका छन् । त्यस्तै कात्तिक महिनामा सबैभन्दा कम मनाङबाट १ जना विदेशिएका छन् भने डोल्पा र हुम्लाबाट ९÷९ जना विदेशिएका छन् । त्यस्तै मुगु र मुस्ताङबाट समान १०–१० जना विदेश गएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०२:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP