Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निःशुल्क नारा अव्यवहारिक भएको दाबी
निःशुल्क नारा अव्यवहारिक भएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ५, २०७८
Krishna
Hardik health
काठमाडौं– निःशुल्क भिसा र निःशुल्क टिकटको नारा अत्यन्तै अव्यवहारिक भएको सरोकारवालाले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक अन्तक्र्रियामा सहभागीहरूले यो व्यवस्था सुन्नमा अत्यन्तै कर्णप्रिय भएको भए पनि यसबाट श्रमिक र सरकार दुवै ठगिने काम भएकाले यो नारा अव्यवहारिक भएको दाबी गरे । अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ‘फ्रि भिसा फ्रि टिकट’ सुन्दा मात्रै राम्रो सुनिएको भन्दै यो व्यवहारिक नभएका बताएका छन् । यस विषयमा मन्त्रालयले छलफल गरिरहेको उनले बताए । श्रमिकलाई सहयोग पुग्ने गरी काम गर्न सरकार तयार रहेको उनले बताएका छन् । ‘सर्भिस चार्ज १० हजार भनिएको छ । यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन । यसबाट सरकार र श्रमिक ठगिएका छन्, यस विषयमा छलफल गरेर केही निर्णय गर्दै छौँ,’ मन्त्री श्रेष्ठले भने । साथै रोजगारीमा जाने श्रमिकमा एजेन्टमार्फत नगए काम हुँदैन भन्ने भावना रहेकाले त्यसलाई सिधै म्यानपावरमा आएर सेवा लिनुपर्ने र त्यसका लागि जनचेतना जगाउनु पर्ने मन्त्री श्रेष्ठले बताए । नेपालले फ्रि भिसा फ्रि टिकटको व्यवस्था गर्दा श्रम गन्तव्य मुलुकले त्यो सुविधा दिन्छ कि दिँदैन भन्ने विषयमा बुझ्नु पर्ने श्रम सचिव सूर्यप्रसाद गौतमले बताएका छन् । यो व्यवस्थाबाट श्रमिक र राज्य ठगिरहेको सचिव गौतमले बताए । ‘श्रमिकबाट बढी रकम लिए पनि कमको बिल दिने र सोही अनुसारको आम्दानीको राजस्व तिर्दा राज्य र श्रमिक मर्कामा परेका छन,’ सचिव गौतमले भने । प्रधामन्त्री रोजगार कार्यक्रम वैदेशिक रोजगारीको विकल्प होइन यसैबीच प्रधामन्त्री रोजगार कार्यक्रम विपन्न वर्गका लागि लक्षित गरेर तयार पारिएको मन्त्री श्रेष्ठले बताएका छन् । सामान्य जिविको पार्जन गर्नसमेत समस्या भएकाहरूका लागि यो कार्यक्रम भएको उनले बताए । यस्तै मन्त्रालयका सचिव गौतमले यो कार्यक्रम वैदेशिक रोजगारीको विकल्पका रूपमा तयार नभएको बताएका छन् । जीवन निर्वाह गर्न नसक्नेहरूलाई कम्तीमा १ सय दिनको रोजगारी दिएर राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनले बताए । कार्यक्रममा सहभागीहरूले प्रधामन्त्री रोजगार कार्यक्रमको बजेट सदुपयोग हुन नसकेको भन्दै यस प्रश्न गरेका थिए । सातै प्रदेशबाट श्रम स्वीकृति दिइने यसैबीच, मन्त्री श्रेष्ठले चाँडै ७ वटा प्रदेशबाट नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने तयारी भइरको बताएका छन् । अहिले प्रादेशिक कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम मात्रै भइरहेको भन्दै यसलाई विस्तार गरेर पहिलो चरणमा ७ प्रदेश र दोस्रो चरणमा सबै स्थानीय तहमा यो सेवा विस्तार गरिने मन्त्री श्रेष्ठले बताए । श्रमिकलाई सहज रूपमा सेवा पाउने वातावरण निर्माणका लागि अहिले काम भइरहेको उनले बताए । तत्काल नेपालमा रोजगारी सिर्जना हुने अवस्था नरहेकाले रोजगारीमा जाने श्रमिकलाई सीप सिकाएर पठाउनु पर्ने उनले बताएका छन् । सीप सिकेर नजाँदा विदेशमा दुःख पाउने गरेको भन्दै सीपयुक्त श्रमिक पठाउने वातावरण निर्माण गर्नु पर्ने आजको आवश्यकता रहेको उनको धारणा थियो । साथै छिट्टै श्रम बैंक स्थापना हुने र श्रम अस्पताल निर्माणका लागिसमेत आवश्यक छलफल भइरहेको मन्त्री श्रेष्ठको भनाइ थियो । यसैबीच, सरकारले नेपालीहरूको श्रम गन्तव्य मुलुकहरूमा श्रमदूत राख्ने तयारी गरेको छ । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारका विविध विषय तथा कागजात हेर्ने गरी अवैतानिक श्रम दूत राख्ने तयारीमा मन्त्रालय अगाडि बढेको बताएका हुन् । ‘वैदेशिक रोजगारीका सबै गन्तव्यमा नेपाली कूटनैतिक नियोग नहुँदा साना–साना कामका लागि पनि नेपाली श्रमिकले अनगिन्ति झन्झट व्यहोर्नुपरेको छ,’ मन्त्री श्रेष्ठले भने । यस्ता समस्या समाधानका लागि मन्त्रालयले अवैतानिक श्रम दूत राख्ने तयारी गरेको मन्त्री श्रेष्ठले बताएका छन् । यस विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उनले बताए । कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी सुरक्षित र मर्यादित बनाउनका लागि सबैले हातेमालो आवश्यक रहेको बताएका छन् । कार्यक्रममा वैदेशिक रोजगार पत्रकार समाजका सल्लाकार रुद्र खडकाले वैदेशिक रोजगारी : वर्तमान अवस्था र सुधारका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसमा वैदेशिक रोजगारी सुरु भएदेखि कोरोनाले पारेको प्रभावका विषयमा प्रस्तुत गरिएको थियो । कार्यक्रम समाजको आयोजना र बैदेशिक रोजगार बोर्डको सहयोगमा आयोजना गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP