Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र
योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ५, २०७८
PL_Banepa
Hardik health
बनेपा– भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र पेस गरेका छन् । पतञ्जलि योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ मा रहेको आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न पुग्ने क्रममा त्यहाँ अध्ययनरत विद्यार्थीले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफूहरूको परीक्षाको नतिजासमेत रोकिएको भन्दै कलेजलाई निर्वाध रूपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन मागपत्र बुझाएको विद्यार्थीहरूले बताएका छन् । सो क्रममा विद्यार्थीहरूले आफूहरूले कलेजमा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । त्यसरी कजेलमा विभिन्न समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आग्रह गर्दै योगगुरु रामदेव र आचार्य बालकृष्णलाई विद्यार्थीले आग्रह गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले प्रत्येक विषयका लागि विषयगत शिक्षकको अभाव र अन्तिम वर्षमा छ विषयमध्ये तीनवटा विषयगत विशेषज्ञको अभाव रहेको, प्रयोगशाला र बोटानिकल गार्डेनको अभाव, विषयगत विभाग सञ्चालन नभएको, आफ्नै आयुर्वेद अस्पतालको अभाव (भवन बनिसकेको भए पनि सञ्चालनमा नआएको), ट्रष्टीबाट बेलाबेलामा कलेज बन्द गर्ने धम्की आउने, नियमित आन्तरिक परीक्षाको अभाव, समयमा विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क नतिर्दा आफूहरूको परीक्षाको नजितासमेत रोकिएको र खेलकुद मैदान तथा सामग्रीको अभाव रहेका कारण त्यसलाई समयमा नै व्यवस्थापन गरिदिन मागपत्र पेस गरेको हो । कजेलका पाँचौँ वर्ष (अन्तिम वर्ष) का विद्यार्थी रूपेशकुमार ठाकुरले आफूहरूले कलेजमा भोग्दै आएका समस्या सबै प्रस्तुत गरेर समाधान गरिदिनका लागि आग्रह गरिएको बताए । समस्याको समाधान गर्नका लागि उनीहरूलाई बुझाएको मागपत्र चौथो पटकको भएको विद्यार्थीहरूको भनाइ छ । आफूहरूले अहिलेसम्ममा अध्ययन मात्रै गरिरहेकामा कलेजले इन्टर्नसिपसमेत नगराएकामा मागपत्र राखेपछि योगगुरु रामदेवले हरिद्वार लगेर भए पनि इन्टर्नसिप गराउने र कलेजमा भएका सबै समस्याबारे आफूलाई जानकारी भएकाले बिस्तारै सबै समस्याको समाधान गर्दै जाने आश्वासन दिएको बताइएको छ । यसैबीच पतञ्जलि योग समिति बनेपाले निर्माण गरेको आफ्नै भवनको शनिबार एक समारोहबीच योगगुरु रामदेव र आचार्य बालकृष्णले उद्घाटन गरेका थिए । बनेपा नगरपालिका–५ मा निर्माण गरेको नयाँ भवन पक्की तीनतलाको छ । भवनको उद्घाटन गर्दै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताए । सो क्रममा उनले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताए । आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरू कसैले भौतिक रूपमा मूल्यांकन नगरे पनि आन्तरिक मूल्यांकन हुनेमा जोड दिए । कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पु¥याएको छ भने पतञ्जलि योग समितिले गरेको जनाउँदै त्यो बेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानका बारेमा शिक्षा दिँदै हिँडेको उनले स्मरण गरे ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP