Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • परदेशी २ आगामी दसैँमा मात्र
परदेशी २ आगामी दसैँमा मात्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २, २०७८
images
Hardik health
काठमाडौं– नेपाली फिल्म ‘परेदशी २’ आगामी वर्षको दशैँमा मात्र रिलिज हुने भएको छ । यसवर्षको दशैँमा रिलिज गर्ने गरी फिल्म निर्माण गरिए पनि कोरोना महामारीका कारण चलचित्रका व्यापार नहुने देखेपछि निर्माण टिमले चलचित्र प्रदर्शन स्थगित गरिएको हो । पछिल्लो समय हलहरू पूर्णत चल्न थाले पनि ‘परदेशी २’ भने आगामी वर्षको दशैँमा मात्र रिलिज गर्ने तयारी गरिएको हो । उक्त चलचित्रको कथावस्तु दशैँसँग मेल खाने भएको दशैँको अवसर पारेर नै रिलिज गर्ने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ । हरेक वर्षको दशैँमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरूबीच ठूलै रस्साकस्सी हुने गरेको छ । दशैँमा लामो बिदा हुने भएकाले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माताहरूमा छ । यसैले हरेक निर्माता दशैँमै फिल्म लगाउन चाहन्छन् । तर, कोरोनाका कारण गत दशैँमा फिल्मै रिलिज भएनन् । यसपटकको दशैँमा फिल्म ‘डाँडाको वर पीपल’ रिलिज भए पनि दर्शकले पत्याएनन् । यसपालीको तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूयवंशी’ ले हलमा दर्शक फर्काएपछि भने नेपाली निर्माताहरू जोसिएका छन् । यतिबेला एकपछि अर्को नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भइरहेको छ । यसै मेसोमा फिल्म ‘परदेशी २’ ले पनि फिल्म प्रदर्शनको मिति प्रस्ताव गरेको हो । निर्माता राजेश वंशलले ‘परदेशी २’ लाई यसै वर्षको दशैँमा प्रदर्शनमा ल्याउने तयारी गरे पनि कोरोना महामारी तथा छायांकनमा ढिलाइ भएकाले प्रदर्शन गर्न असमर्थ भएको बताए । उनले फिल्मको कथा नै दशैँसँग जोडिएकाले दशैँमा प्रदर्शन गर्दा राम्रो हुन्छ भन्ने आफूहरूको धारणा रहेको प्रष्ट पारे । उनले भने, ‘अर्को वर्षको घटस्थापना वा फूलपातीमा फिल्म प्रदर्शन हुनेछ ।’ नारायण रायमाझीले निर्देशन गरेको यो फिल्म २०१५ मा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस फिल्ममा प्रकाश सपुत, दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लूलगायतको अभिनय रहेको छ । यही फिल्मबाट गायक सपुतले नायकको रूपमा डेब्यू गर्न लागेका हुन् । सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ । निर्देशक रायमाझी पनि निर्माता रहेको फिल्मको कथा रमेश विजीले लेखेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०३:०६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP