Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लाइसेन्स लिन चार लाखको आवेदन
लाइसेन्स लिन चार लाखको आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ३०, २०७८
yatayat-byabastha-bibhag-768x366
Hardik health
काठमाडौं– लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि धेरैको संख्यामा आवेदन परेको छ । कोरोना महामारी तथा अन्य प्राविधिक कारणले नियमित वितरण हुन नसकेको सवारी चालक अनुमति पत्र पाउनका लागि तीन साताको समयभित्रै करिब चार लाखको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । नयाँ अनुमति पत्र प्राप्ति र सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि सो संख्यामा आवेदन परेको हो । विभागले अनुमति पत्रका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने व्यवस्था गरेको छ । सोहीअनुसार सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइनमार्फत नयाँ आवेदन दिनेको संख्या तीन साताको अवधिमै चार लाख पुगेको हो । कोरोना महामारीका कारण बन्द भएको आवेदन फर्म भर्ने काम विभागले ८ कात्तिकदेखि पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेका थियो । ती दुवै समयको आवेदकको संख्या अहिले झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताएका छन् । कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरेको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरूपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रूपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा.भुसालले बताए । कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । प्राविधिक समस्या उत्पन्न भएपछि उक्त समयमा सेवा अवरुद्ध भएका थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले जानकारी दिए । गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’ ०७६ साल चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । एकातिर सरकारले सवारी चालक अनुमति पत्रका लागि नियमित परीक्षा सञ्चालन गर्न नसक्ने र अर्कातर्फ सडकमा ट्राफिक प्रहरीले अनावश्यक हैरानी दिने गरेकाले दोहोरो मारमा परेको चालकहरूको गुनासो छ । सरकारले नियमित परीक्षा सञ्चालन गर्न नसक्दा सवारी चलाउन योग्य व्यक्तिले पनि निर्वाध सडकमा सवारी साधन सञ्चालन गर्न नसक्ने उनीहरूको गुनासो छ । यसरी सवारी चलाउन जान्ने व्यक्तिले ट्राफिक प्रहरीको आँखा छल्दै सवारी चलाउँदा दुर्घटनाका जोखिम बढ्ने गरेको सरोकारवालाहरूको भनाइ छ । हाल भइरहेको सवारी दुर्घटनामध्ये अधिकांश दुई पांग्रे सवारी चालकसँग सवारी चालक अनुमति पत्र नहुने गरेको बताइएको छ । उनीहरूले राम्रै सवारी चलाउन जाने पनि सडकमा ट्राफिक प्रहरीको कारबाहीको भयका कारण आत्मविश्वास गुमाउँदा नियन्त्रण समेत गुमाउने गरेको बताइन्छ । त्यसैले अब विभागले नियमित सवारी चालक अनुमति पत्रका लागि परीक्षा सञ्चालन गरेर अनुमति पत्र वितरण गरेमा ट्राफिक व्यवस्थापन र दुर्घटनाको जोखिम कम गर्न पनि सहज हुने बताइन्छ । कार्यालय समयमा आवेदन नभरिने अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरू धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताएका छन् । प्रणालीलाई बलियो बनाएर केही दिनपछि फेरि २४ घन्टा नै खोल्न मिल्ने बनाइने उनले जानकारी दिएका छन् । अहिले केही समयलाई कार्यालय समयमा आवेदन भर्न रोकिए पनि अन्य समयमा भर्न कुनै समस्या नहुने उनको भनाइ छ । प्रणाली सुस्त हुँदा कार्यालयहरूको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको भुसालले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP