Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सञ्चार माध्यम समावेशी हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष विष्ट
सञ्चार माध्यम समावेशी हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष विष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २५, २०७८
DSC_0071
Hardik health
काठमाडौं– नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार माध्यम समावेशी हुनु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तामाङ पत्रकार संघ काठमाडौं समितिको तेस्रो अधिवेशन तथा काठमाडौं मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष विष्टले सम्पूर्ण सञ्चार गृहको समाचार शाखा समावेशी हुनु पर्ने भन्दै यसका लागि तामाङ पत्रकार संघले मुल धारको सञ्चार माध्यममा पहुँच विस्तार गर्न सक्नु पर्ने बताए । तामाङ कला, संस्कृति परम्पराको जगेर्ना गर्नका लागि पनि यो संघले सशक्त भूमिका खेल्नु पर्ने उनले बताएका छन् । क्षेत्र, वर्ग र समाजको प्रतिनिधित्व गराउँदै मुल धारको खम्बाको रूपमा काम गर्न सक्नु पर्ने उनको भनाइ थियो । त्यसका लागि महासंघको तर्फबाट गर्नु पर्ने सहयोग रहेने उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै महासंघका काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले पत्रकारिता गरिब, विपन्न र पछडिएका नागरिकका लागि हुनु पर्ने बताएका छन् । आवाजविहीनहरूको आवाज हुन सक्नु पर्ने उनले बताए । तामाङ पत्रकार संघ स्थानिय तहसम्म पुग्नु पर्ने र पत्रकार पनि सक्षम हुनु पर्ने उनको भनाइ थियो । तामाङलाई मात्रभन्दा पनि सबैलाई जोडेर अगाडि बढ्न उनले आग्रह गरे । भाषाविद् अमृत योन्जन तामाङले यो समुदायका विषयहरू कम मात्रै समाचारमा आउने गरेको भन्दै यसतर्फ लाग्नु पर्ने बताएका छन् । तामाङहरूको इतिहास खोतल्नु पर्ने र त्यसको प्रचार प्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका हुने उनले बताए । सुरुमा कम भए पनि अहिले यो समुदायका प्रशस्त पत्रकार रहेको भन्दै तामाङ कला संस्कृतिका विषयमा सञ्चार माध्यममा ल्याउनु पर्ने उनको तर्क थियो । तामाङ पत्रकार संघका केन्द्रीय अध्यक्ष विष्णु तामाङले संस्थाका उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । संघले तमाङ पत्रकारलाई संगठित बनाएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको उनले बताए । अहिले तमाङ पत्रकार संघ २० जिल्लामा विस्तार भएको पनि उनले जानकारी दिए । वागमती प्रदेशका सबै जिल्ला, प्रदेश नम्बर १ का ६ जिल्ला र प्रदेशक २ को एक जिल्लामा शाखा विस्तार गरिएको बताइएको छ । वर्तमान र पूर्वअध्यक्षहरू सम्मानित यसैबीच, सोही कार्यक्रममा तामाङ पत्रकार संघका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको छ । संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ पूर्वअध्यक्षहरू रुद्रसिंह तामाङ, पतिक तामाङ, दीपेन्द्र लामा, जगत दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु तामाङलाई सम्मान गरिएको हो । संघलाई पुर्‍याएको सहयोगको पशांसासहित कार्यक्रममा उनीहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सर्वसम्मत नेतृत्व चयन यसैबीच, तामाङ पत्रकार संघ काठमाडौं जिल्ला कार्य समिति सन्तोष योन्जन तामाङको अध्यक्षतामा सर्वसम्मत रूपमा चयन भएको छ । बुधबार भएको तेस्रो अधिवेशनले तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा सोम्फे तामाङ चयन भएका छन् भने हिरोज लोप्चन सचिवमा चयन भएका छन् । त्यस्तै सह– सचिव कार्यसमितिले पछि मनोनयन गर्ने बताइएको छ । कोषाध्यक्षको जिम्मेवारी सिर्जना तामाङले पाएकी छन् । त्यस्तै सदस्यहरूमा डुक्पा छिरिङ मोक्तान, जनक तामाङ, मनीषा लो तामाङ, किशोरी लामा र सृष्टि तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै एक जना सदस्य पनि पछि कार्यसमितिले मनोनय गर्ने बताइएको छ । तीन जनालाई अवार्ड त्यस्तै काठमाडौं मिडिया अवार्ड तीन जनालाई प्रदान गरिएको छ । रेडियो, छापा र अनलाई विधामा अवार्ड वितरण गरिएको तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ । अवार्ड पाउनेमा रेडियोतर्फ विष्णु दोङ तामाङ, छापातर्फ सुशीला लामा र अनलाइनतर्फ दिलबहादुर लामा रहेका छन् । उनीहरू तीनै जनालाई प्रमाण पत्र, ट्रफी र नगद ७–७ हजार रूपैयाँ प्रदान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP