Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सञ्चार माध्यम समावेशी हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष विष्ट
सञ्चार माध्यम समावेशी हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष विष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २५, २०७८
DSC_0071
Hardik health
काठमाडौं– नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार माध्यम समावेशी हुनु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तामाङ पत्रकार संघ काठमाडौं समितिको तेस्रो अधिवेशन तथा काठमाडौं मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष विष्टले सम्पूर्ण सञ्चार गृहको समाचार शाखा समावेशी हुनु पर्ने भन्दै यसका लागि तामाङ पत्रकार संघले मुल धारको सञ्चार माध्यममा पहुँच विस्तार गर्न सक्नु पर्ने बताए । तामाङ कला, संस्कृति परम्पराको जगेर्ना गर्नका लागि पनि यो संघले सशक्त भूमिका खेल्नु पर्ने उनले बताएका छन् । क्षेत्र, वर्ग र समाजको प्रतिनिधित्व गराउँदै मुल धारको खम्बाको रूपमा काम गर्न सक्नु पर्ने उनको भनाइ थियो । त्यसका लागि महासंघको तर्फबाट गर्नु पर्ने सहयोग रहेने उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै महासंघका काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले पत्रकारिता गरिब, विपन्न र पछडिएका नागरिकका लागि हुनु पर्ने बताएका छन् । आवाजविहीनहरूको आवाज हुन सक्नु पर्ने उनले बताए । तामाङ पत्रकार संघ स्थानिय तहसम्म पुग्नु पर्ने र पत्रकार पनि सक्षम हुनु पर्ने उनको भनाइ थियो । तामाङलाई मात्रभन्दा पनि सबैलाई जोडेर अगाडि बढ्न उनले आग्रह गरे । भाषाविद् अमृत योन्जन तामाङले यो समुदायका विषयहरू कम मात्रै समाचारमा आउने गरेको भन्दै यसतर्फ लाग्नु पर्ने बताएका छन् । तामाङहरूको इतिहास खोतल्नु पर्ने र त्यसको प्रचार प्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका हुने उनले बताए । सुरुमा कम भए पनि अहिले यो समुदायका प्रशस्त पत्रकार रहेको भन्दै तामाङ कला संस्कृतिका विषयमा सञ्चार माध्यममा ल्याउनु पर्ने उनको तर्क थियो । तामाङ पत्रकार संघका केन्द्रीय अध्यक्ष विष्णु तामाङले संस्थाका उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । संघले तमाङ पत्रकारलाई संगठित बनाएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको उनले बताए । अहिले तमाङ पत्रकार संघ २० जिल्लामा विस्तार भएको पनि उनले जानकारी दिए । वागमती प्रदेशका सबै जिल्ला, प्रदेश नम्बर १ का ६ जिल्ला र प्रदेशक २ को एक जिल्लामा शाखा विस्तार गरिएको बताइएको छ । वर्तमान र पूर्वअध्यक्षहरू सम्मानित यसैबीच, सोही कार्यक्रममा तामाङ पत्रकार संघका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको छ । संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ पूर्वअध्यक्षहरू रुद्रसिंह तामाङ, पतिक तामाङ, दीपेन्द्र लामा, जगत दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु तामाङलाई सम्मान गरिएको हो । संघलाई पुर्‍याएको सहयोगको पशांसासहित कार्यक्रममा उनीहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सर्वसम्मत नेतृत्व चयन यसैबीच, तामाङ पत्रकार संघ काठमाडौं जिल्ला कार्य समिति सन्तोष योन्जन तामाङको अध्यक्षतामा सर्वसम्मत रूपमा चयन भएको छ । बुधबार भएको तेस्रो अधिवेशनले तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा सोम्फे तामाङ चयन भएका छन् भने हिरोज लोप्चन सचिवमा चयन भएका छन् । त्यस्तै सह– सचिव कार्यसमितिले पछि मनोनयन गर्ने बताइएको छ । कोषाध्यक्षको जिम्मेवारी सिर्जना तामाङले पाएकी छन् । त्यस्तै सदस्यहरूमा डुक्पा छिरिङ मोक्तान, जनक तामाङ, मनीषा लो तामाङ, किशोरी लामा र सृष्टि तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै एक जना सदस्य पनि पछि कार्यसमितिले मनोनय गर्ने बताइएको छ । तीन जनालाई अवार्ड त्यस्तै काठमाडौं मिडिया अवार्ड तीन जनालाई प्रदान गरिएको छ । रेडियो, छापा र अनलाई विधामा अवार्ड वितरण गरिएको तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ । अवार्ड पाउनेमा रेडियोतर्फ विष्णु दोङ तामाङ, छापातर्फ सुशीला लामा र अनलाइनतर्फ दिलबहादुर लामा रहेका छन् । उनीहरू तीनै जनालाई प्रमाण पत्र, ट्रफी र नगद ७–७ हजार रूपैयाँ प्रदान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP