Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चपली हाइट ३ प्रदर्शन मिति तय
चपली हाइट ३ प्रदर्शन मिति तय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २३, २०७८
chapaliheight_3
Hardik health
काठमाडौं– कोरोना महामारीका कारण गत वैशाख पहिलो सातादेखि बन्द भएका हलहरू गत २१ असोजदेखि सञ्चालनमा आए । तर, हल सञ्चालन भएको एक महिनासम्म हलमा दर्शकहरू आएनन् । दशैँको अवसर पारेर शोभित बस्नेत निर्देशित मल्टि स्टारर फिल्म ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिए । तर, उक्त फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । उक्त फिल्मले दर्शकलाई हलसम्म तान्न नसकेपछि नेपाली फिल्मका निर्माता तथा निर्देशकहरू फिल्म रिजिल गर्न हच्किएका थिए । चलचित्र विकास बोर्डले हल खुलेदेखि तीन महिनाको अवधिभित्र प्रदर्शनमा आउने फिल्मलाई राहत दिने घोषणा गर्दा पनि निर्माता तथा निर्देशकहरू तयार भएका थिएनन् । तर, तिहारको अवधिमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले आक्रामक व्यापार गरेपछि नेपालका निर्माता तथा निर्देशकहरू तात्न थालेका छन् । ठूला ब्यानरहरू अब आङ्खनो फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् । यसबीच, अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘चपली हाइट ३’ ले प्रदर्शन मिति घोषणा गरेको हो । उक्त फिल्म आगामी २ पुसदेखि प्रदर्शन हुने भएको छ । सलमान खान अभिनित फिल्म ‘अन्तिम’ लाई दुई हप्ता छाडेर ‘चपली हाइट ३’ प्रदर्शनमा आउन लागेको हो । अहिले हलहरूमा फिल्मको पुरानो टिजर बजाउन सुरु गरिएको छ । आउँदो हप्ता फिल्मको नयाँ ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताएका छन् । यसअघि २८ चैत ०७७ लाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज रोकियो । अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा स्वस्तिमाका अलावा अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतको अभिनय छ । आकाश बरालको पटकथा÷संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । फिल्मका निर्देशक निकेश खड्का हुन् । ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरू फिल्म रिलिजका लागि मिति खोज्न जुटेका छन् । तर, आउँदो एक वर्षसम्म नेपाली फिल्मलाई राम्रो मिति भेट्न गाह्रो छ । किनकी, बलिउडका ठूला फिल्महरूले इद, भ्यालेन्टाइन, अंग्रेजी नयाँ वर्ष, शिवरात्रीलगायतका मिति ‘बुक’ गरिसकेका छन् । अब नेपाली फिल्मले बलिउड फिल्मलाई छलेर रिलिज डेट घोषणा गर्नुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP