Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारीमा
पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १७, २०७८
KRG_Galkot_8792
Hardik health
म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयक कार्यविधि अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रेस सेन्टर म्याग्दीको चौँथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले विद्यार्थीको सहायताका लागि मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम ल्याउन लागेको बताए । उनले भने, ‘विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको छ ।’ उनले पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएकोले कार्यविधि अन्तिम चरणमा पुगेको बताए । उनले भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेकोसमेत जानकारी गराए । मन्त्री पौडेलले संघीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरूबीच छलफल चलिरहेको जनाउँदै सरकारले तत्काल गर्नुपर्ने कामहरूलाई प्राथमिकीकरण गरेर तीनमहिने कार्ययोजना बनाउन लागेको बताए । उनले अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताए । मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको पनि बताए । उनले विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो भएमा प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार ले सहयोग गर्ने बताए । उनले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्न सुझाव दिए । म्याग्दीलगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने विचार व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०३:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP