Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पाटनमा विदेशी पर्यटक बढ्दै
पाटनमा विदेशी पर्यटक बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १६, २०७८
download (2)
Hardik health
काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार संग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पहिलो चरणको लकडाउन र दोस्रो चरणको बन्दाबन्दीका कारण लामोसमयदेखि पर्यटकविहीन बनेको संग्रहालयमा पर्यटकको आगमन बढ्न थालेको हो । ललितपुर महानगरपालिका–१६ स्थित सो संग्रहालय कोरोना महामारी सुरु भएपछि बन्द गरिएको थियो । तर, पछिल्लोसमय कोरोनाको जोखिम कम भएपछि गत २३ भदौदेखि सर्वसाधारणका लागि संग्रहालय खुलाइएको थियो । संग्रहालय खुलेपछि आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । संग्रहानलयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेका अनुसार अहिले बन्दाबन्दी सकिएपछि विदेशी पर्यटकहरू पनि उल्लेख्य संख्यामा संग्रहालयको अवलोकनका लागि आउन थालेका छन् । उनले भने, ‘दोस्रो बन्दाबन्दी सकिएर संग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ ।’ उनका अनुसार संग्रहालय खुला गरिएसँगै गएको आइतबारसम्म कुल ८०२ जना विदेशी पर्यटकले संग्रहालय अवलोकन गरिसकेका छन् । यसबीचमा भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका नागरिकहरू दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले जानकारी दिइन् । उनले भनिन् ‘संग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको संख्या पनि हरेक दिन बढी नै रहेको छ ।’ खुलाइएको लगभग दुई महिनामा कुल पाँच हजार नौले संग्रहालय घुमेका उनले जानकारी गराइन् । बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० देखि साँझ साढे चारसम्म संग्रहालय खुला हुने गर्छ । दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरू पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताए । तिहार नजिकिएपछि दरबार क्षेत्रमा अझ भीड बढेको छ । संग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ । सो क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ । पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ । यहाँ शिखरशैलीमा ढुंगाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन् । सङग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन् । पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन् । संग्रहालयभित्र सातँैँ शताब्दीको उमामहेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०२:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP